समाचार

२४ घण्टाभित्र सडकका खाल्डा नपुरे सरकारबाटै जरिवाना असुल गर्नुपर्ने माग

२४ घण्टाभित्र सडकका खाल्डा नपुरे सरकारबाटै जरिवाना असुल गर्नुपर्ने माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले नागरिकबाट मात्र कर र जरिवाना असुल्ने प्रवृत्ति अन्त्य गर्दै आफ्नो दायित्व पूरा नगर्ने सरकारी निकायलाई पनि जरिवाना तिराउने व्यवस्था गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकमाथि कडा जरिवानाको व्यवस्था गर्न खोजिएको अवस्थामा राज्य पनि आफ्ना कमजोरीप्रति उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका हुन्। उनले सडकमा परेको खाल्डो २४ घण्टाभित्र नपुरिए सम्बन्धित सरकारी निकायबाट जरिवाना असुल गर्नुपर्ने र त्यसका कारण दुर्घटना भए सरकारले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे। शाहीले भने, “नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गर्न सकिन्छ भने राज्यले आफ्नो दायित्व पूरा नगर्दा किन जरिवाना नतिर्ने ? कानु...
सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो। शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।...
मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज मनाइँदै, एउटै मञ्चबाट ओली–प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन

मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज मनाइँदै, एउटै मञ्चबाट ओली–प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । तत्कालीन नेकपा (एमाले) का महासचिव तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी हुनेछन्। फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विमर्शमा ओली, प्रचण्ड, नेपाल, खनाल र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा हुने यो कार्यक्रम पछिल्लो राजनीतिक परिवेशका कारण विशेष अर्थपूर्ण रूपमा हेर...
मदन भण्डारी हिरक जयन्तीको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न

मदन भण्डारी हिरक जयन्तीको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीको आयोजनामा मदन भण्डारीको हिरक जयन्तीको अवसर पारेर आयोजित वृहत् रक्तदान कार्यक्रम टोखा नगरपालिका–७ मा सफलतापूर्वक सम्पन्न भएको छ। “रक्तदान गरौँ, जीवनदान दिऔँ” भन्ने मानवीय सन्देशलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीका अध्यक्ष गोपी पाठक, टोखा नगरपालिका–७ का वडा अध्यक्ष, टोखा नगरपालिका–८ का वडा अध्यक्ष रमेश खत्री, वडा ८ सदस्य अनुप राई, विजय बानियाँ लगायत पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपम...
टोखा–११ मा युवा तथा महिला लक्षित १० दिने इभेन्ट डेकोरेशन तालिम सम्पन्न

टोखा–११ मा युवा तथा महिला लक्षित १० दिने इभेन्ट डेकोरेशन तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
  काठमाडौं। टोखा नगरपालिका–११ को आयोजनामा युवा तथा महिलालाई स्वरोजगार तथा सीपमूलक व्यवसायतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने इभेन्ट डेकोरेशन तथा स्वरोजगार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य ईश्वरी घिमिरे आचार्य, वडा सदस्य रञ्जिता बोगटी, वडा सचिव, सहजीकरण गर्ने ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, टोखा ११ को सक्रिय युवा प्रत्येक सामाजिक कार्यमा मा चासो राख्ने मनोज सर, इभेन्ट डेकोरेशनका प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले सीपमूलक तालिमले युवाहरू र महिलाहरूलाई आत्मनिर्भर बन्न, उद्यमशीलता विकास गर्न तथा रोजगारी सिर्जना गर्न महत...
दाहाल र नेपालले शेखर कोइरालासँग गरे भेट

दाहाल र नेपालले शेखर कोइरालासँग गरे भेट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
विराटनगरस्थित कोइराला निवासमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग शुक्रबार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा आपसी चासोका विविध विषयमा छलफल भएको जनाइएको छ। वर्तमान राजनीतिक परिस्थितिका बीच भएको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।...
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। समाजमा लागुऔषध दुरुपयोगले पारिरहेको गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ। राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस का रूपमा मनाउने निर्णय गरेको हो। लागुऔषधमुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय सहकार्य र साझा प्रयासलाई थप सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकहरूमा विश्वभर लागुऔषधको प्रयोग तथा यसको अवैध बजार दुवै विस्तार हुँदै गएका छन्। विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। साथै, कम लागतमा उत्पादन गर...
रौतहटका राजु महतोद्वारा नेपालको पहिलो दुई एआई एप निर्माण

रौतहटका राजु महतोद्वारा नेपालको पहिलो दुई एआई एप निर्माण

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रौतहटको यमुनामाई गाउँपालिका–१ निवासी आईटी विद्यार्थी राजु महतोले नेपालको पहिलो एआई (कृत्रिम बुद्धिमत्ता) आधारित मोबाइल एप ‘इडियूपाथ एआई’ र ‘ठगी स्टार्क’ निर्माण गरेका छन्। हाल जापानको क्योटोस्थित केसीजी कलेजमा अध्ययनरत महतोले कुनै टोली वा संस्थागत सहयोगबिना एक्लैले यी निःशुल्क तथा अफलाइन एपहरू विकास गरेका हुन्। ‘इडियूपाथ एआई’ ले वैदेशिक अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आवश्यक जानकारी तथा एआईमार्फत परामर्श सेवा प्रदान गर्दछ। त्यसैगरी, ‘ठगी स्टार्क’ एपले विभिन्न प्रकारका ठगीबाट बच्ने उपाय, सुरक्षा सचेतना तथा कानुनी मार्गदर्शन उपलब्ध गराउने उद्देश्य राखेको छ। महतोले यसअघि पनि विभिन्न वेबसाइट तथा डिजिटल प्लेटफर्महरू निर्माण गरिसकेका छन्। साथै, उनले क्विज र चेस प्रतियोगिताहरूमा समेत उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले विकास गरेका यी दुई एआई एपबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको ...
रास्वपालाई बाबुराम भट्टराईको सुझाव : ‘प्रदेश खारेजीको एजेन्डा छाडेर सुशासन र विकासमा केन्द्रित हुनुस्’

रास्वपालाई बाबुराम भट्टराईको सुझाव : ‘प्रदेश खारेजीको एजेन्डा छाडेर सुशासन र विकासमा केन्द्रित हुनुस्’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेज गर्ने एजेन्डा त्यागेर सुशासन र विकासका मुद्दामा केन्द्रित हुन सुझाव दिएका छन्। रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचनामा पुनर्विचार गर्ने विषय उठेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो कदम मुलुकका लागि गम्भीर भूल हुन सक्ने बताएका हुन्। उनले आफ्नो धारणा दुई प्रमुख आधारमा प्रस्तुत गरेका छन्। पहिलो, विधिको शासन र संवैधानिक प्रक्रियाको सम्मान। उनका अनुसार एकातिर संविधान संशोधनबारे बहस गर्न कार्यदल गठन गर्ने र अर्कोतर्फ पर्याप्त सहमति बिना एकपक्षीय निर्णय अघि बढाउने प्रयासले राजनीतिक दल, विभिन्न समुदाय र नागरिकबीच विश्वासको संकट निम्त्याउन सक्छ। दोस्रो, नेपालको सामाजिक तथा भौगोलिक विविधताको सन्दर्भ। भट्टराईले लामो राजनीतिक संघर्ष र...
ट्राफिक कारबाहीबाट १७ लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट १७ लाखभन्दा बढी राजस्व सङ्कलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५५० चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट रु १७ लाख २४ हजार ५०३ राजस्व राज्यकोषमा जम्मा भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४० जना तथा तीव्र गतिमा सवारी चलाउने २०७ जना कारबाहीमा परेका छन्। त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १४ वटा सवारीसाधन, सवारीको प्राविधिक अवस्था परीक्षण नगरी सडकमा सञ्चालन गरिएका ३५ वटा सवारीसाधन तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७४६ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।...