साफ यू–१९ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई २–१ ले हरायो
पोखरा । पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। पोखरा रंगशालामा भएको उक्त खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले एक–एक गोल गरे। संगिताले खेलको ३६औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमै अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा ७०औँ मिनेटमा प्रजिताले गोल गर्दै नेपालको अग्रता २–० बनाइन्।
भुटानले खेलको ८७औँ मिनेटमा एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि नेपालले अन्तिम समयसम्म अग्रता जोगाउँदै जित सुरक्षित गर्यो। यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ। नेपालले अब आफ्नो अन्तिम लिग खेल बुधबार बंगलादेशविरुद्ध खेल्नेछ।
यसैदिन भएको अर्को खेलमा साविक विजेता बंगलादेशले भारतलाई २–० ले पराजित गर्दै फाइनल नजिक पु...















