समाचार

उपसभामुखबारे संविधान र अभ्यासअनुसार निर्णय गर्छौँ : रवि लामिछाने

उपसभामुखबारे संविधान र अभ्यासअनुसार निर्णय गर्छौँ : रवि लामिछाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुखबारे कुनै दलसँग पनि छलफल नभएको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखको निर्वाचनपछि संविधान र विगतको अभ्यास हेरेर मात्र निर्णय लिइने स्पष्ट पारे। ‘पहिले सभामुखको काम सकौँ, त्यसपछि उपसभामुखबारे छलफल गरौँला। यस विषयमा कुनै दलसँग छलफल भएको छैन। संविधान र विगतका अभ्यासलाई हेरेर हामी निर्णयमा पुग्छौँ,’ उनले भने।...
रेबिज नियन्त्रणका लागि कुकुर–बिरालो बन्ध्याकरण अभियान सम्पन्न

रेबिज नियन्त्रणका लागि कुकुर–बिरालो बन्ध्याकरण अभियान सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, स्वस्थ्य
चितवनको कालिका नगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको छ। नगरपालिकाका अनुसार सामुदायिक कुकुर–बिरालो जङ्गली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने हुँदा अभियान सञ्चालन गरिएको हो। पशु चिकित्सक डा. राजुप्रसाद न्यौपानेका अनुसार नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। चैत १२ देखि १४ गतेसम्म सञ्चालन गरिएको अभियानमा २७२ कुकुर र २ बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ। बन्ध्याकरणसँगै रेबिजविरुद्ध खोप लगाउने र स्वास्थ्य परीक्षण गरी आवश्यक उपचारसमेत गरिएको जनाइएको छ। नेपाल सरकारले सन् २०३० सम्म रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो।...
नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य कारणले निर्वाचनमा अस्वाभाविक परिणाम आएको निष्कर्ष निकालेको छ। आन्तरिक कारणमा सामाजिक रूपान्तरण नहुनु, संगठनात्मक समायोजन नहुनु, विचारधारात्मक कामको कमी, युवाहरूको कम सहभागिता, वामशक्ति एकताबद्ध नहुनु, परिवर्तनको महत्व बुझाउन नसक्नु, र भएका कामको प्रचार नहुनु रहेका छन्। यस्तै, सिद्धान्त र व्यवहारमा अन्तर, अवसरवादी प्रवृत्ति, व्यक्तिवादी कार्यशैली, प्राविधिक जनशक्ति र स्रोतको कमी, विकल्पका रूपमा प्रस्तुत हुन नसक्नुलाई पनि कारण मानिएको छ। बाह्य कारणमा पुराना दलविरोधी अभियान, वामशक्तिमाथिको प्रहार, भूराजनीतिक तथा बाह्य शक्तिकेन्द्रको चलखेल, डिजिटल प्रचार, लोकप्रियतावादी शक्तिको प्रभाव, र विदेशमा बस्ने नेपालीको भूमिका रहेका छन्। नेकपाले यसलाई ‘असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम’ भनेर विश्लेषण गरेको छ। समीक्षामा पार्टीले प्रविधिको प्रभाव, परम्पर...
नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीमा हुने क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट पीडित रहेका उनको आज बिहान ५:५८ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। डा. न्यौपाने पछिल्लो एक वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए र पछिल्ला एक महिना पाटन अस्पतालमै उपचाररत थिए। उनको उपचारमा मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही नेतृत्वको टोली संलग्न थियो। डा. शाहीले डा. न्यौपानेको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको शल्यक्रियामा विशेषज्ञ थिए। उनले नेपालमा सर्जिकल अंकोलोजीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भक्तपुर क्यान्सर अस्पतालमा...
आत्महत्या दुरुत्साहन आरोपमा दुई पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा दुई पक्राउ

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
कल्याणपुर (सप्तरी), चैत २० — छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० स्थायी घर भई हाल खडक–७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चैत ७ गते राति खडक–७, कल्याणपुरस्थित सो विद्यालयको छात्रावासमा बस्दै आएका धिरेन्द्र साहसँग मोबाइल फेला परेपछि विद्यालय सञ्चालक चौधरी र उनका सहयोगीले मोबाइल मागेका थिए। ‘साथीको हो’ भन्दै दिन नमानेपछि साहमाथि कुटपिट गरिएको थियो। कुटपिटपछि पीडितलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फरार रहेका दुवै जनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। पक्...
पाँचथरमा पिकअप दुर्घटना: एकको मृत्यु, दुई घाइते

पाँचथरमा पिकअप दुर्घटना: एकको मृत्यु, दुई घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार दिउँसो करिब २ बजे दोब्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अम्लिसो बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो। दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटिएको टोलीले घाइते तीनैजनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो। उपचारकै क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दीप उभरकोटी र चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली सामान्य घाइते भएका छन्। चालक बराइ...
भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, विचार, समाचार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन जारी गरेको छ। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग तथा सरकारी कार्यालयका सचिवलाई पत्राचार गर्दै सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन र खरिद प्रक्रियामा हुने भ्रष्टाचार र अनियमितता रोक्न निर्देशन दिएका छन्। पत्रमा भनिएको छ कि प्रधानमन्त्री वालेन्द्र शाहको कार्यभार सम्हाल्दै मन्त्रिपरिषद् बैठकबाट पारित एक सय कार्ययोजना समावेश गरिएको ‘सुशासनको मार्गचित्र’ अनुसार सबै निकायले नागरिकले अनुभव गर्न सक्ने स्तरमा सुशासन र सदाचार कायम राख्न आवश्यक कदम चाल्नुपर्नेछ। सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत र प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्राथमिकतालाई विशेष ध्यान दिन आग्रह गरिएको छ। पत्रमा सार्वजनिक पदको दुरुपयोग रोक्न, पारदर्...
गृहमन्त्री गुरुङ ले पशुपतिनाथ मा आज दर्शन

गृहमन्त्री गुरुङ ले पशुपतिनाथ मा आज दर्शन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिर मा दर्शन तथा पूजा–अर्चना गर्नुभएको छ। आज बिहान उहाँ मन्दिर परिसर पुगेर विधिपूर्वक पूजा गर्दै दर्शन गर्नुभएको हो। गृहमन्त्री नियुक्त भएपछि उहाँ पहिलोपटक पशुपतिनाथ पुगेका हुन्। हनुमान जयन्ती को अवसर पारेर उहाँ मन्दिर पुगेको जनाइएको छ। दर्शनसँगै उहाँले मन्दिर क्षेत्रको अवलोकन गर्दै सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाबारे जानकारी लिनुभएको थियो। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले वर्तमान अवस्था र चुनौतीबारे जानकारी गराएका थिए। गृहमन्त्री गुरुङले धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै, उहाँले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको जनाइएको छ।...
मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया पक्राउ

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  चितवन, १९ चैत — भरतपुर मालपोत कार्यालयमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पक्राउ गरेको छ। कार्यालयले जारी गरेको सूचनामा अबदेखि सेवा लिन आउने व्यक्तिहरू र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्रै प्रवेश अनुमति दिइने उल्लेख गरिएको छ। सेवासम्बन्धी काम कारबाही मात्र सम्बन्धित व्यक्ति वा दर्ता भएका भू–सेवा सञ्चालकले पेश गरेका कागजातको आधारमा अगाडि बढाइने कार्यालयले जनाएको छ। भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिमा भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन सचेत गराएको छ।...
गृहमन्त्री गुरुङद्वारा प्रतिनिधि सभामा तीनवटा अध्यादेश पेश

गृहमन्त्री गुरुङद्वारा प्रतिनिधि सभामा तीनवटा अध्यादेश पेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आजको बैठकमा सांसदहरूले पार्टीगत आधारमा भाषण दिनेक्रम पूरा भएपछि नियमित कार्यसूचीको भागको रूपमा गृहमन्त्री गुरुङले तीनवटा अध्यादेश प्रस्तुत गरे। उहाँले प्रस्तुत गरेका अध्यादेशहरू यसप्रकार छन्: नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०८२ प्रतिनिधि सभा सदस्यको निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२ संविधानको धारा ८४ को उपधारा (२) अनुसार समावेशी प्रतिनिधित्वको बन्द सूचीमा राखिने जनसंख्या सुनिश्चित गर्न अध्यादेशमार्फत कानुनमा संशोधन गरिएको हो। प्रतिनिधि सभा निर्वाचनको मिति २१ फागुनमा तोकिएपछि भोटर सूची अद्यावधिक गर्ने उद्देश्यले अघिल्लो सरकारले प्रतिनिधि सभा सदस्यको निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गरेको थियो। गृहमन्त्री गुरुङले नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश जारी भएको जानकारी दिनुभयो, जसअन्तर्गत राष्ट्रिय अनुसन्ध...