टोखा–११ मा युवा तथा महिला लक्षित १० दिने इभेन्ट डेकोरेशन तालिम सम्पन्न
काठमाडौं। टोखा नगरपालिका–११ को आयोजनामा युवा तथा महिलालाई स्वरोजगार तथा सीपमूलक व्यवसायतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने इभेन्ट डेकोरेशन तथा स्वरोजगार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य ईश्वरी घिमिरे आचार्य, वडा सदस्य रञ्जिता बोगटी, वडा सचिव, सहजीकरण गर्ने ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, टोखा ११ को सक्रिय युवा प्रत्येक सामाजिक कार्यमा मा चासो राख्ने मनोज सर, इभेन्ट डेकोरेशनका प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले सीपमूलक तालिमले युवाहरू र महिलाहरूलाई आत्मनिर्भर बन्न, उद्यमशीलता विकास गर्न तथा रोजगारी सिर्जना गर्न महत...















