कुन–कुन राजमार्ग अवरुद्ध छन्? बाढी–पहिरोले देशका मुख्य सडक प्रभावित
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
हालै परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्।
कोशी प्रदेशको संखुवासभामा पर्ने कोशी राजमार्ग भोटखोला गाउँपालिका–४ को बरुण क्षेत्रमा गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन १७ गते दिउँसो करिब ४ बजे गएको पहिरोले सडक बन्द हुँदा यातायात ठप्प भएको छ।
यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ। साउन १६ गते साँझ ...















