राजनीति

सदनबाट निस्किएर हर्क साम्पाङले भने– ‘हाम्रो विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ’

सदनबाट निस्किएर हर्क साम्पाङले भने– ‘हाम्रो विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको स्पष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरिएको विरोधलाई निरन्तरता दिने उनले बताएका छन् । आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी दिएका थिए । तर सदनबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध जारी रहने बताएका हुन् । उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’ आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न उठाए पनि मन्त्रीहरूले जवाफ नदिएको उनले बताए । ‘हामीले उत्तर पाएका छैनौँ । मन्त्रीहरू आउनुहुन्न । दबाबपछि आज २–४ जना मन्त्री आउनुभयो, तर हामीले प्रश्न गर्न पाएनौँ,’ साम्पाङले भन...
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको निरन्तर विरोध

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको निरन्तर विरोध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । श्रम संस्कृति पार्टी ले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध प्रदर्शन जारी राखेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। पार्टीका अध्यक्ष हर्क साम्पाङ सहित सांसदहरूले हातमा पर्चा बोकेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका हुन्। सदनको नियमित कार्यसूची अघि बढिरहेका बेला श्रम संस्कृति पार्टीले विभिन्न माग राख्दै लगातार विरोध जनाउँदै आएको छ। बुधबारको बैठकमा पनि सांसदहरूले नाराबाजी नगरी शान्तिपूर्ण रूपमा उभिएर असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले श्रमिक, युवावर्ग तथा जनजीविकासँग सम्बन्धित विषयमा सरकारले पर्याप्त चासो नदिएको आरोप लगाउँदै संसदमार्फत आफ्ना आवाज उठाइरहेका छन्। विरोधका कारण केही समय सदनको वातावरण प्रभावित बने पनि सभामुखको आग्रहपछि बैठकको कार्यसूची अगाडि बढाइएको थियो।...
बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध

बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
देशका विभिन्न क्षेत्रमा लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा अवरुद्ध तथा आंशिक रूपमा सञ्चालन भइरहेको छ। कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खस्दा कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालन भइरहेको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ। गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ क्षेत्रम...
केही क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईमा गर्मी बढ्ने

केही क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईमा गर्मी बढ्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ। अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने तथा तातो महसुस हुने सम्भावना रहेको छ। आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदल...
पाल्पा पूर्ण संस्थागत प्रसूति तथा पूर्णखोप दिगोपना जिल्ला घोषणा

पाल्पा पूर्ण संस्थागत प्रसूति तथा पूर्णखोप दिगोपना जिल्ला घोषणा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
लुम्बिनी प्रदेश अन्तर्गतको पाल्पा जिल्ला लाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। मङ्गलवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले उक्त घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँ रहेका मिसन अस्पताल, मेडिकल कलेज तथा जिल्ला अस्पतालमार्फत सरकारी र निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको जानकारी दिए। पाल्पा जिल्ला मात्रै नभई बाहिरी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने केन्द्रका रूपमा विकास भइरहेको उनको भनाइ थियो। जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा संघीय सरकारको मापदण्ड पूरा गर्नुपर्ने भएकाले प्रक्रिया केही जटिल बनेको उनले बताए। मुख...
कास्की ट्राफिकबाट एक महिनामा ४४ लाखभन्दा बढी राजस्व सङ्कलन

कास्की ट्राफिकबाट एक महिनामा ४४ लाखभन्दा बढी राजस्व सङ्कलन

Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाख महिनामा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा पाँच हजार २६३ जना सवारी चालक कारबाहीमा परेका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सुजितकुमार देवकोटाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधन र चालकलाई नियमित रूपमा कारबाही गर्दै राजस्व सङ्कलन गरिएको हो । वैशाख महिनामा कास्कीमा २२ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ । ती दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कार्यालयका अनुसार तीमध्ये १२ वटा दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । यस्तै, चालक अनुमति पत्र बिना सवारी चलाएका पाँच जना र मादक पदार्थ सेवन गरी सवारी चलाएका तीन जना चालक दुर्घटनामा संलग्न भएका थिए । प्रहरी निरीक्षक देवकोटाले मादक पदार...
सबैलाई समेटेर अघि बढ्छौँ : गगन थापा

सबैलाई समेटेर अघि बढ्छौँ : गगन थापा

Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री Gagan Thapa ले पार्टीभित्र रहेका असन्तुष्ट नेताहरूलाई पनि साथमा लिएर अघि बढ्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित भएर पनि हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई सम्मानपूर्वक समेट्ने इच्छा व्यक्त गरे । उनले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेताहरू अहिले बाहिर हुनुहुन्छ । म सबैलाई समेटेर अघि बढ्न चाहन्छु । जसलाई आवश्यक छ, उहाँहरूलाई उचित सम्मान र जिम्मेवारी दिएर सँगै काम गर्न चाहन्छु ।” महामन्त्री थापाले सदस्यता समिति र अनुशासन समितिको कामप्रति असन्तुष्टि भए छलफलमार्फत समाधान खोज्न आग्रह गर्दै असन्तुष्ट पक्षलाई संवादमा आउन अनुरोध गरे । “आउनुस्, बसौँ र सदस्यताका विषयमा खुलेर छलफल गरौँ,” उनले भने ।...
ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई सरकारले ठूलो राहत दिने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय सचिवालय तथा सम्बन्धित मन्त्रालय स्रोतका अनुसार देशभरका ऐलानी जग्गाबासीलाई आगामी एक वर्षभित्रै लालपुर्जा वितरण गर्ने योजनामा सरकार अघि बढेको हो । लामो समयदेखि विस्थापनको त्रासमा जीवन बिताइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई अब कानुनी रूपमा जग्गाधनी बनाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ । सरकारले “जग्गाबाट हटाइन्छ कि” भन्ने डरमा नबस्न आग्रह गर्दै उनीहरूको बसोबासलाई व्यवस्थित र सुरक्षित बनाउने नीति लिएको बताइएको छ । यो निर्णय कार्यान्वयनमा आएपछि देशभरका लाखौँ भूमिहीन नागरिकको वर्षौँदेखिको अन्योल अन्त्य हुने र आफ्नै नाममा लालपुर्जा पाउने सपना पूरा हुने अपेक्षा गरिएको छ ।...
जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले वर्तमान सरकार जेन्जी आन्दोलनकै आधारमा गठन भएको उल्लेख गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए । छलफलका क्रममा घाइते तथा सहिद परिवारले भने विगतमा भएका सहमति तथा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग शीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।...
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन हस्तान्तरण

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन हस्तान्तरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति निर्धारणका लागि गठन गरिएको राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयका अनुसार समितिले बिहीबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा अन्य नीतिगत दस्तावेजमा समेटिनुपर्ने राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना तथा कार्यप्रक्रिया सुधारका विषयमा अध्ययन गरी सुझाव पेश गर्न गत माघ २८ गते समिति गठन गरिएको थियो। उक्त समिति अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठन गरिएको हो। समितिका सदस्यहरूले प्रतिवेदनमा कार्यान्वयन गर्न सकिने व्यावहारिक तथा प्रभावकारी सुझाव समावेश गरिएको बताएका छन्। प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले समितिबाट प्राप्त कार्यान्वयनयोग्य सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्दै आवश्य...