धर्म / संस्कृति

श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम इटहरीको ४७औँ वार्षिकोत्सव तथा मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ मा मोहनी को माहाराजा लाई भब्य सम्मान

श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम इटहरीको ४७औँ वार्षिकोत्सव तथा मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ मा मोहनी को माहाराजा लाई भब्य सम्मान

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
  इटहरी । श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम, इटहरीको ४७औँ वार्षिकोत्सवका अवसरमा आयोजित मंगल राधिका सदानन्द प्रणामी अस्पतालद्वारा सञ्चालित मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ भव्य रूपमा सम्पन्न भएको छ। आध्यात्मिक जागरण, मानव कल्याण तथा स्वास्थ्य सचेतनालाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रम भक्तजनका लागि विशेष महत्वको अवसर बनेको थियो। कार्यक्रममा काठमाडौंबाट पूज्य मोहनीका महाराजा गुरु लाई भब्य रुपमा स्वागत गर्दै माया को चिनो प्रदान गरेको थियो भने सिक्किमबाट पधार्नु भएका कथावाचक पूज्य रोहित राज महाराजा जीले आफ्नो प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुभएको थियो। उहाँहरूको प्रेरणादायी प्रवचनले कार्यक्रममा उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा र मार्गदर्शन प्रदान गरेको थियो।   उक्त अवसरमा देशका विभिन्न स्थानबाट पधार्नु भएका गुरुजन, साधु–...
शान्तिबाटिका रत्नपार्कमा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

शान्तिबाटिका रत्नपार्कमा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौं । धार्मिक आस्था, आध्यात्मिक जागरण तथा सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पूर्व बनझाक्री गुरु गोबिन्द ढुंगाना खत्रीको आयोजनामा हुने उक्त महायज्ञ  २०८२ साल माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्। महायज्ञको औपचारिक शुभारम्भको पूर्वसन्ध्यामा आज भव्य कलश यात्रा सम्पन्न गरिएको छ। धार्मिक विधि–विधानअनुसार श्रद्धालु भक्तजनहरूको सहभागितामा सुरु भएको कलश यात्रा रानीपोखरीबाट प्रारम्भ भई रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो। परम्परागत बाजागाजा, वैदिक मन्त्र उच्चारण तथा भक्तजनहरूको जयघोषले वातावरण पूर्ण रूपमा भक्तिमय बनेको थियो। यस यात्राले महायज्ञको आध्यात्मिक महत्वलाई थप उजागर गर्नुका साथै सम्पूर्ण क्षेत्रलाई धार्मि...
धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ

धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, धर्म / संस्कृति, राजनीति, समाचार
धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ तनहुँ, माघ १९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तनहुँ क्षेत्र नम्बर १ र २ मा सञ्चालनमा ल्याएको निर्वाचन परिचालन कार्यालय सोमबार हिन्दू धर्मका गुरु पुष्पराज पुरुषले उद्घाटन गर्नु भएको छ। गुरु पुष्पराज पुरुष हिन्दू धर्मको संरक्षणका लागि विभिन्न सामाजिक र धार्मिक गतिविधिमा सक्रिय रहेका व्यक्ति हुन्। उद्घाटन समारोहमा स्थानीय नेता, समर्थक र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन अवसरमा बोल्दै पुष्पराज पुरुषले अहिले सनातन धर्ममाथि चुनौती बढेको भन्दै राप्रपाका उम्मेदवारलाई विजयी बनाउन जरुरी भएको बताए। उनले विदेशी प्रभावले हिन्दू धर्ममाथि आक्रमण सुरु गरेको आरोप लगाउँदै, धर्मको रक्षाका लागि मतदातालाई सचेत हुन आह्वान गरे। तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार अभिषेक जोशीले देवघाट, वेदव्यास जन्मस्थान र भानु...
बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म / संस्कृति, समाचार, सुदूरपश्चिम
बाजुराः बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा बिहिबार देखी महायज्ञ सुरु भएको हो। माघ २४ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको बिहिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले समुद्घाटन गरेका थिए। विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको बताईएको छ। महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले बताए। उनले विद्यालयको सर्वा...