आजको विशेष

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य समायोजन गरेको जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको छ । नयाँ मूल्यसूची लागू भएसँगै देशभरका पेट्रोल पम्पहरूमा समायोजित दरअनुसार इन्धन बिक्री वितरण सुरु गरिएको निगमले जनाएको छ ।...
महाशिवरात्रिको पावन अवसरमा सवा लाख बत्ती प्रज्वलन सम्पन्न 🌺

महाशिवरात्रिको पावन अवसरमा सवा लाख बत्ती प्रज्वलन सम्पन्न 🌺

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
महाशिवरात्रिको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण र धार्मिक सद्भावको कामना गर्दै दुर्गे काली माताद्वारा सवा लाख बत्ती प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । १०८ मन्दिरमा सवा लाख बत्ती बाल्ने धार्मिक अभियानअन्तर्गत नवौं चरणको कार्यक्रम गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा विधिवत् रूपमा सम्पन्न भएको हो । महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महान् पर्वका रूपमा मनाइने गरिन्छ । यस विशेष दिन भगवान शिवको आराधना, उपवास, रात्रि जागरण तथा दीप प्रज्वलन गरी श्रद्धाभक्तिपूर्वक पूजा गर्ने परम्परा छ । सोही अवसर पारेर आयोजित सवा लाख बत्ती प्रज्वलन कार्यक्रमले धार्मिक वातावरणलाई अझ भव्य र आध्यात्मिक बनाएको थियो । कार्यक्रममा वैदिक मन्त्रोच्चारण, शिव आरती, भजन–कीर्तन तथा विशेष पूजा अर्चना गरिएको थियो । स्थानीय भक्तजन, धर्मप्रेमी तथा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उ...
महाशिवरात्रिको मंगलमय शुभकामना!

महाशिवरात्रिको मंगलमय शुभकामना!

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
संसारका सृष्टिकर्ता, संहारकर्ता तथा करुणाका सागर भगवान महादेवको पावन आराधना गर्ने यस विशेष दिन महाशिवरात्रिको अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। भगवान पशुपतिनाथ मन्दिरका अधिपति महादेवले तपाईं र तपाईंको परिवारलाई सधैं रक्षा गरून्, जीवनमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र दीर्घायु प्रदान गरून्। महादेवको दिव्य शक्तिले सबै दुःख, संकट र बाधाहरू हटाई जीवनलाई उज्यालो, सफल र मंगलमय बनाओस्। यस पावन रात्रीले हाम्रो मन, आत्मा र विचारलाई शुद्ध बनाई सत्य, धैर्य, सकारात्मकता र आध्यात्मिक शक्तितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस्। सच्चा श्रद्धा र विश्वासका साथ महादेवको स्मरण गर्दा जीवनमा नयाँ ऊर्जा, आशा र सफलताको मार्ग खुलोस्। ॐ नमः शिवाय। हर हर महादेव! 🙏...
चितवनबाट आएको कारमा ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल फेला, एक जना पक्राउ

चितवनबाट आएको कारमा ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल फेला, एक जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं प्रवेश नाका नागढुङ्गामा प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा चितवनबाट काठमाडौं आउँदै गरेको बा १९ च ६९० नम्बरको कार जाँच गर्दा हतियार बरामद गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय केयुर पुरी रहेका छन्। उनी कीर्तिपुर नगरपालिका निवासी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पुरीको झोलाबाट ‘मेड इन अमेरिका’ लेखिएको एक थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने चार राउन्ड गोली फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
विश्व रेडियो दिवस आज : सञ्चार र समाज परिवर्तनमा रेडियोको ऐतिहासिक भूमिका

विश्व रेडियो दिवस आज : सञ्चार र समाज परिवर्तनमा रेडियोको ऐतिहासिक भूमिका

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सञ्चारको क्षेत्रमा रेडियोले पुर्‍याएको योगदान र समाजमा ल्याएको सकारात्मक परिवर्तनको सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ। प्रभावकारी, सस्तो र पहुँचयोग्य सञ्चार माध्यमका रूपमा रेडियोले जनमानसमा सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। रेडियोको इतिहास सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले रेडियो प्रविधिको विकास गरेसँगै सुरु भएको मानिन्छ। तारविहीन रूपमा आवाज एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन सकिने यो आविष्कारले सञ्चार क्षेत्रमा ठूलो क्रान्ति ल्यायो। त्यसयता रेडियो प्रविधिमा निरन्तर विकास हुँदै आज एफएम, डिजिटल रेडियो र पोडकास्टसम्म विस्तार भएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले सन् २०११ मा रेडियोको योगदानको सम्मान गर्दै फेब्रुअरी १३ लाई व...
रास्वपाका नेता प्रणय शमशेर राणाले दिए राजीनामा

रास्वपाका नेता प्रणय शमशेर राणाले दिए राजीनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै बिहीबार राजीनामा पत्र पठाएका हुन्। राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति, आन्तरिक अभ्यासमा पारदर्शिताको अभाव तथा ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। विशेष परिस्थितिको नाममा संगठनको नेतृत्व चयन अधिकार सीमित गरिएको तथा आर्थिक अपारदर्शिता देखिएको उनको आरोप छ। पार्टीले स्थापना कालमा उठाएको सुशासन र पारदर्शिताको एजेन्डा व्यवहारमा लागू नभएको उल्लेख गर्दै उनले सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जनाएका छन्।...
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
सर्वोच्च अदालतले सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने र जडान गर्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले माघ २५ गते सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले अंग्रेजी भाषामा नम्बर प्लेट जडान गर्ने निर्णय संविधान तथा प्रचलित कानुनी व्यवस्थासँग मेल नखाने देखिएको भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) अनुसार कार्यान्वयन नगर्न आदेश दिएको जनाएको छ। यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विषयगत समितिको निर्णयका आधारमा यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सूचना जारी गरेको थियो। सोही निर्णयविरुद्ध अधिवक्ता रामबहादुर राउतसहितले सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदकले संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने ने...
फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र आफ्नो घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको मंगलबारको निर्णयअनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम दल र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले तोकिएको मितिभित्र घोषणापत्र बुझाउनुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। दलहरूले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार गरिएको आयोगले जनाएको छ।...
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभाग सक्रिय

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभाग सक्रिय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ। हाल ग्यास वितरणमा समस्या देखिँदा उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापन सुधार गर्न निर्देशन दिएको छ। साथै, ग्यास उत्पादन तथा बोटलिङ उद्योगहरूलाई पूर्ण क्षमतामा उत्पादन बढाउन र उपभोक्ताको मागअनुसार वितरण गर्न आग्रह गरिएको छ। विभागले डिलर, रिटेलर र सप्लायर्सलाई मागको सही अभिलेख राख्दै अनावश्यक सञ्चय नगरी समान रूपमा वितरण गर्न निर्देशन दिएको छ। उपभोक्ता तथा व्यवसायीलाई पनि आवश्यक मात्रामा ग्यास खरिद गर्न अनुरोध गरिएको छ। ग्यासको उपलब्धता, भण्डारण र वितरण अवस्थाबारे विभागले उद्योग, सप्लायर्स र डिलर स्तरमा अनुगमन तथा विश्लेषण जारी राखेको जनाएको छ।...
सल्यानमा जिप दुर्घटना : २५० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु

सल्यानमा जिप दुर्घटना : २५० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, समाचार
सल्यानमा पिकअप जिप भीरबाट झन्डै साढे दुई सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। बुधबार बिहान करिब ५:३० बजे कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक ग १ ज ५६६१ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुरतर्फ जाँदै थियो। दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिए। दुर्घटनामा परी सिस्ने गाउँपालिका–४ की ३८ वर्षीया ललिता केसी, सिस्ने–२ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन्। घाइतेमध्ये ललिताको अवस्था मध्यम तथा आमा–छोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रा...