भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु, बिस्केट जात्रा औपचारिक रूपमा प्रारम्भ
भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु भएको छ। आज बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमाले टोलमा विधिपूर्वक पूजा गरी हात नभएको लिङ्गो उठाइएको छ।
हरेक वर्ष चैत मसान्तमा उठाइने उक्त लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ। कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगिन्छ र साँझ नाग–नागिनीको प्रतीक मानिने ५५ हात लामो लिङ्गो उठाइन्छ।
मध्यपुरथिमि–८ बोडे स्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ। यससँगै थिमि क्षेत्रमा जात्रा तथा पर्वहरू औपचारिक रूपमा सुरु हुने परम्परा रहेको छ।
स्थानीयका अनुसार महालक्ष्मी मन्दिरअगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्राको साइत मानिन्छ। यस वर्ष २८ वर्षीय सुजन वाङ श्रेष्ठले व्रत सुरु गरेका छन् र वैशाख २ गते जिब्रो छेड्ने कार्य...















