रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेको झण्डा जलाउने घटना भए कारवाही गरिने स्पष्ट पारेका छन्। उनले भने, “रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए कारबाही हुनेछ। तर यदि कसैले घुसपैठ गरेर विवाद उत्पन्न गर्ने प्रयास गर्यो भने होसियार रहनुहोस्। रास्वपाले गरेको भए कारवाही हुन्छ, तर नभएर अन्यायपूर्ण प्रचार भए त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ।”
सभामा उनले आफ्ना केही समर्थकहरूले गाली गरेको सुनेको उल्लेख गर्दै भने, “रास्वपाले सबैलाई जन्माएको होइन। यहाँका समर्थकहरू काम गर्न नसकेपछि रास्वपा बनाएका हुन्। रास्वपा तीन वर्षको पार्टी हो, यहाँ ३ वर्षको बच्चा त छैनन्, सबैजना जवान समर्थक हुन्।”
लामिछानेले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिन नचाहेको पनि बताए। उनले भने, “मलाई आरोप लगाउनेहरूले धेरै आरोप लगाएका छन्। म तिनलाई उठेर जव...















