दोदोधरालाई ‘पावर हब’ बनाउने योजना : सुदूरपश्चिम प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

काठमाडौं — सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने रणनीति अघि सारिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का कार्यकारी अधिकृत सागर श्रेष्ठ का अनुसार बहुआयामिक प्रसारणलाइन निर्माणमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारसँग जोड्ने तयारी भइरहेको छ।

योजनाअनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोडिनेछ भने कर्णाली करिडोरमार्फत डोल्पा, जाजरकोट र सुर्खेत हुँदै उत्पादित विद्युत् दोदोधरामा संकलन गरिनेछ। साथै, पश्चिम सेती आयोजना र बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी थप प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ।

श्रेष्ठका अनुसार दोदोधरालाई ऊर्जा केन्द्रका रूपमा विकास गर्दा त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग खुल्नेछ। यसले नेपाललाई ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रस्तावित सम्पूर्ण प्रसारणलाइन निर्माणका लागि करिब १३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। पश्चिम सेती–दोदोधरा ४०० केभी प्रसारणलाइन (१४५ किमी) बझाङ, डोटी, डडेलधुरा र कैलाली जोड्ने प्रमुख परियोजना हो, जसको लागत करिब २० अर्ब रुपैयाँ आँकलन गरिएको छ। यस आयोजनामा २५०० मेगावाट क्षमतामध्ये हालसम्म ६०० मेगावाट विद्युत् ‘बुक’ भइसकेको जनाइएको छ।

त्यसैगरी, कर्णाली करिडोर प्रसारणलाइन कालिकोटको फुकोटबाट सुरु भई बेतन कर्णाली हुँदै दोदोधरा पुग्नेछ। ९१ किमी लम्बाइको यस लाइनलाई भारततर्फ क्रसबोर्डर जोड्न थप ३० किमी विस्तार गरिनेछ। करिब २२ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको केही खण्डमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ।

श्रेष्ठले यस्ता ठूला पूर्वाधार आयोजनामा बजेट अभाव मुख्य चुनौती रहेको उल्लेख गर्दै अर्बौंका योजनामा सीमित बजेट विनियोजन हुँदा काममा ढिलाइ भइरहेको बताए। उनले संघीय सरकारसँगै प्रदेश र स्थानीय तहको सहलगानी आवश्यक रहेकोमा जोड दिएका छन्।

उनका अनुसार ४०० केभी क्षमताका करिब ४०२ किमी प्रसारणलाइन निर्माण गर्न मात्रै ७० अर्ब रुपैयाँ आवश्यक पर्नेछ। यदि करिब ८ हजार मेगावाट विद्युत् उत्पादन भई त्यसको ५० प्रतिशत निर्यात गर्न सकिए, वार्षिक करिब ११२ अर्ब रुपैयाँ आम्दानी गर्न सकिने प्रक्षेपण गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...