सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन

काठमाडौं । नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध देशका विभिन्न जिल्लामा भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन दलित समुदाय आन्दोलनमा उत्रिएका छन् । काठमाडौं उपत्यकामा डोजर अभियान तीव्र बनेपछि यसको प्रभाव देशभर फैलिएको हो ।

झापा, मोरङ, सुनसरीदेखि जनकपुर, हेटौंडा, पोखरा, बुटवल, दाङ, बर्दिया र सुर्खेतसम्म विभिन्न स्थानमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरूले “विस्थापन होइन व्यवस्थापन गर”, “भूमिहीनलाई न्याय दे”, “उठीबास बन्द गर” लगायतका नारासहित सरकारको निर्णयको विरोध गरेका छन् ।

सरकारले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि विभिन्न जिल्लामा बस्ती हटाउने तयारी सुरु भएको छ । तर, स्थानीय तह र प्रशासनबीच समन्वय अभावका कारण धेरै स्थानमा कार्यान्वयन प्रक्रिया रोकिएको बताइएको छ ।

झापाको दमक, कमल गाउँपालिका तथा बिर्तामोड क्षेत्रमा समेत भूमिहीन समुदायले प्रदर्शन गरेका छन् । मोरङको लेटाङ, पत्थरी, सुन्दरहरैँचा र सुनसरीको धरानमा समेत उल्लेखनीय सहभागितासहित आन्दोलन भएको जनाइएको छ ।

भूमिहीन समुदायले आफूहरूलाई वैकल्पिक व्यवस्थापन नगरी जबर्जस्ती हटाउन खोजिएको आरोप लगाएका छन् । उनीहरूले सुरक्षित आवास, जग्गाको स्वामित्व तथा दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् ।

विश्लेषकहरूका अनुसार भूमिहीनता, अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या केवल वर्तमान राजनीतिक परिस्थितिसँग मात्र जोडिएको विषय नभई दशकौँदेखि सञ्चित सामाजिक–आर्थिक समस्या हो । सहरीकरण, बसाइँसराइ, रोजगारीको खोजी, असमान भूस्वामित्व र आर्थिक अवसरको असन्तुलनले यस्तो अवस्था सिर्जना गरेको उनीहरूको भनाइ छ ।

सरकारले जोखिमयुक्त नदी किनार र सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ । तर, प्रभावित समुदायले व्यवस्थापनभन्दा विस्थापनमुखी नीति अपनाइएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

शुक्रबार धनुषाको ढल्केबर–जनकपुर सडकखण्डमा समेत प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए । आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत भूमिहीन समुदायले दिएका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...