सुधन गुरुङको सम्पत्तिको स्रोत वैध ठहर, दीपक भट्टसँग आर्थिक सम्बन्ध नदेखिएको निष्कर्ष

 

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र सेयर लगानीबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूको छानबिन गर्न सरकारले गठन गरेको समितिले उनको सम्पत्तिको स्रोत वैध रहेको निष्कर्ष निकालेको छ। समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष बुझाउँदै गुरुङको चल-अचल सम्पत्ति, सेयर लगानी, बैंक मौज्दात, ऋण तथा रेमिट्यान्सलगायतका सबै आर्थिक गतिविधिको स्रोत पुष्टि भएको जनाएको छ।

समितिको प्रतिवेदनअनुसार गुरुङसँग रहेको सम्पत्तिको आर्जन प्रक्रिया अस्वाभाविक नदेखिएको र सार्वजनिक रूपमा आरोप लगाइएझैँ विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष आर्थिक कारोबार वा सम्बन्ध पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन।

छानबिनका क्रममा गुरुङसँग जोडिएका विभिन्न सम्पत्ति, सेयर लगानी, बैंक विवरण तथा ‘हामी नेपाल’ नामक संस्थासँग सम्बन्धित आर्थिक गतिविधिहरू समेत अध्ययन गरिएको थियो। प्रतिवेदनमा गुरुङको नाममा दीपक भट्टको कुनै कम्पनीमा सेयर स्वामित्व रहेको प्रमाण नभेटिएको उल्लेख गरिएको छ।

सरकार निकट स्रोतका अनुसार समितिले सबै आर्थिक विवरण, सेयर लगानी, सम्पत्ति र बैंकिङ कारोबारको विस्तृत अध्ययन गर्दा सार्वजनिक आरोपहरूलाई पुष्टि गर्ने आधार फेला पार्न सकेन। समितिले गुरुङको सम्पूर्ण चल-अचल सम्पत्तिलाई वैध स्रोतबाट आर्जित ठहर गरेको बताइएको छ।

यद्यपि, सुरुदेखि नै गुरुङमाथिको छानबिन संसदीय समितिमार्फत हुनुपर्ने माग उठ्दै आएको थियो। सरकारी तहबाट समिति गठन गरिएकाले यसको निष्पक्षतामाथि राजनीतिक वृत्तमा प्रश्नसमेत उठेको थियो।

छानबिन समितिका अध्यक्ष तथा पूर्वन्यायाधीश अच्युत भण्डारीले प्रतिवेदनमा थप अनुसन्धान आवश्यक पर्ने कुनै विषय नदेखिएको बताए। उनका अनुसार छानबिनका क्रममा मालपोत, भूमिसुधार, यातायात व्यवस्था कार्यालय, बैंक, कम्पनी रजिष्ट्रार कार्यालय, ब्रोकर कम्पनी तथा निर्वाचन आयोगलगायत विभिन्न निकायबाट विवरण संकलन गरी अध्ययन गरिएको थियो।

भण्डारीले प्रतिवेदन तथ्य र प्रमाणमा आधारित रहेको उल्लेख गर्दै समितिले कुनै व्यक्तिगत व्याख्या नगरी प्राप्त प्रमाणका आधारमा निष्कर्ष प्रस्तुत गरेको बताए। उनले सम्पत्ति, सेयर, सुन, पारिवारिक सम्पत्ति, ऋण तथा विदेशबाट प्राप्त रकमसमेतको विस्तृत अध्ययन गरिएको जानकारी दिए।

४३ पृष्ठ लामो प्रतिवेदनमा करिब डेढ सय पृष्ठभन्दा बढी प्रमाण संलग्न गरिएको बताइएको छ। समितिले प्राप्त प्रमाणका आधारमा गुरुङविरुद्ध थप छानबिन आवश्यक नदेखिएको निष्कर्ष निकालेको जनाएको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...