संसद् अवरोधप्रति सरकार उदासीन, लोकतान्त्रिक मूल्यप्रति अनादर : अर्जुननरसिंह केसी

काठमाडौ, ३० वैशाख । प्रतिनिधसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रमा माथिको छलफलमा धारणा राख्नुहुँदै सांसद अर्जुननरसिंह केसी । तस्बिर ः रत्न श्रेष्ठ / रासस

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसी ले संसद् अवरोध अन्त्य गर्न सरकार गम्भीर नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले संसद् सञ्चालनका लागि आवश्यक पहल नगर्नु प्रतिपक्षको मात्र होइन, लोकतान्त्रिक प्रणाली र संसद्को गरिमामाथिको अनादर भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले नेपालमा संसद् अवरोध असाधारण अवस्था नभई लामो समयदेखि दोहोरिँदै आएको प्रवृत्तिका रूपमा स्थापित हुँदै गएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो अवस्थाले संसदीय अभ्यास कमजोर बनाउनुका साथै लोकतान्त्रिक संस्थाप्रति जनविश्वास पनि घटाउँदै लगेको छ।

केसीले विश्वका स्थापित लोकतन्त्रहरूमा राजनीतिक विवाद र गतिरोध भए पनि त्यसको समाधान संवाद, सहमति र संस्थागत प्रक्रियामार्फत खोजिने गरेको उल्लेख गरेका छन्। बेलायतमा ब्रेक्जिट विवाद तथा भारतमा टूजी स्पेक्ट्रम प्रकरणका उदाहरण प्रस्तुत गर्दै उनले जटिल राजनीतिक समस्याको समाधान वार्ता र संसदीय संयन्त्रबाट सम्भव हुने बताएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्ति तथा आर्थिक विधेयकमा गरिएको संशोधनप्रति प्रतिपक्षी दलहरूको एकीकृत विरोध रहँदा पनि सरकारले निकास खोज्ने पहल नगरेको उनको आरोप छ। उनले संसद्लाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्त्रलाई सुदृढ बनाउनुको सट्टा निरंकुशताको दिशातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

केसीले संसद् विचार, बहस, असहमति र सहमतिमार्फत राष्ट्रिय मुद्दाको समाधान खोज्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालनमा सत्ता पक्ष र सभामुखको विशेष भूमिका रहने बताए। निरन्तरको अवरोधले जनप्रतिनिधित्व, जवाफदेहिता र लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने उनको भनाइ छ।

वार्षिक बजेटजस्तो जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संसद्मा पर्याप्त छलफल हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सरकारले तत्काल सबै राजनीतिक दलसँग संवाद गरी सहमतिका आधारमा संसद्को गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संसद्को मर्यादा, संसदीय परम्परा र विधिको शासन जोगाउन सरकार तथा प्रतिपक्ष दुवै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...