थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य : ‘जान्नेलाई छान्ने तरिका गजबको रहेछ’
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले हालै गरेका नियुक्ति प्रक्रिया र राजनीतिक निर्णयप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलले उक्त प्रतिक्रिया दिएका हुन्।
पोखरेलले काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत पद रिक्त गराई सोही पदमा नियुक्त गरिएको भन्दै सरकारको दोहोरो चरित्र उजागर भएको टिप्पणी गरेका छन्।
उनले विश्वविद्यालयलाई राजनीतीकरणमुक्त बनाउने नाममा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको...















