अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण हुने, करिब ८६ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार यी तीन देशमा दूतावास भवन निर्माणका लागि बजेट विनियोजन गरिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा आर्थिक वर्ष सुरु भएसँगै भवन निर्माण प्रक्रिया अघि बढाइनेछ।
हाल नेपालका विदेशस्थित ३१ दूतावास, ३ स्थायी नियोग र १० महावाणिज्य दूतावास गरी कुल ४४ कूटनीतिक नियोग सञ्चालनमा छन्। तीमध्ये केही कार्यालय र राजदूत निवास मात्र आफ्नै स्वामित्व वा लिजमा रहेका भवनमा सञ्चालन भइरहेका छन् भने अधिकांश नियोग अझै भाडाका भवनमा निर्भर छन्।
सरकारले यसअघि नै पाकिस्तानको इस्लामाबाद, साउदी अरेबियाको रियाद, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्प...















