मधेस प्रदेश

सब–इन्जिनियर यादव हत्याको विरोधमा उच्च अदालत जनकपुरका कर्मचारीद्वारा ‘पेन डाउन’

सब–इन्जिनियर यादव हत्याको विरोधमा उच्च अदालत जनकपुरका कर्मचारीद्वारा ‘पेन डाउन’

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको घटनाको विरोधमा उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गर्दै सेवा अवरुद्ध गरेका छन्। उच्च अदालत जनकपुरमा कार्यरत कर्मचारीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति दिन र परिवारका सदस्यलाई सरकारी जागिर उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरेका छन्। कर्मचारीहरूले मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म अदालतको सेवा बन्द गरी विरोध जनाएका हुन्। उनीहरूले राज्यसँग कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गर्न माग गर्दै दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए।...
बागेश्वर धाम मा महाशिवरात्रिमा ३०० कन्याको सामूहिक विवाह, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री

बागेश्वर धाम मा महाशिवरात्रिमा ३०० कन्याको सामूहिक विवाह, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, मधेस प्रदेश, समाचार
महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० गरिब तथा असहाय कन्याहरूको वैदिक विधिअनुसार विवाह सम्पन्न गरिएको बागेश्वर धामका शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्। मन्दिरमा भक्तजनहरूले चढाएको दानपेटीबाट संकलित रकममार्फत हरेक वर्षजस्तै यस वर्ष पनि आर्थिक रूपमा विपन्न परिवारका छोरीहरूको विवाह गराइएको हो। कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट गरिएको बताइएको छ। यो सामूहिक विवाह कार्यक्रम सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया अघि बढाइएको थियो। ४० सदस्यीय टोलीले करिब ३० हजार किलोमिटर यात्रा गर्दै दुई महिनासम्म खटिएर ३०० कन्याको अन्तिम छनोट गरेको जनाइएको छ। तीमध्ये १०८ आदिवासी समुदायका कन्याहरू समावेश छन्। बागेश्वर धामका पिठाधीश्वर धीरेन्द्...
सबैया साझेदारी वन उपभोक्ता समूहको सदस्य निर्वाचन सम्पन्न, कार्यसमिति पूर्ण

सबैया साझेदारी वन उपभोक्ता समूहको सदस्य निर्वाचन सम्पन्न, कार्यसमिति पूर्ण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रामजी यादव, वीरगंज, ३ फागुन। सबैया साझेदारी वन उपभोक्ता समूहअन्तर्गत खुल्ला तथा मधेसी तर्फका सदस्यहरूको निर्वाचन आज सम्पन्न भएको छ। उक्त निर्वाचनमार्फत खुल्ला तर्फ सात जना र मधेसी तर्फ एक जना सदस्य चयन भएका हुन्। निर्वाचन परिणामअनुसार खुल्ला तर्फ सदस्यमा जगत नारायण यादवले ८१ मत, भैयाराम प्रसादले ७२ मत, रामअयोध्या राउत अहिरले ६३ मत, श्रवण साहले ४९ मत, राजिव कुमार सोनारले ४९ मत, सुरेश कुमारले ४१ मत तथा सुरज कुमार कुर्मीले ४१ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, मधेसी तर्फ मणिभूषण तिवारीले १२६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभयो। खुल्ला सदस्यतर्फ सात पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो भने मधेसी सदस्यतर्फ एक पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो। यसअघि दलित, आदिवासी जनजाति तथा महिला तर्फका सदस्यहरू सहमतिमा गोला प्रथाबाट चयन गरिएका ...
सिरहा कारागारमा पेस्तोल बरामद, १३ जना नियन्त्रणमा

सिरहा कारागारमा पेस्तोल बरामद, १३ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुरक्षा
सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले गरेको विशेष अनुगमनका क्रममा ‘नाइके’ इन्द्रजित यादवको साथबाट हतियार फेला परेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्न खोजेको थियो। गोप्य सूचनाका आधारमा सोमबार कारागारभित्र खानतलासी गर्दा हतियार बरामद भएको हो। घटनामा संलग्न नाइके यादवसहित १३ जनालाई कारागारबाट प्रहरीले झिकेर हिरासतमा राखेको छ। अधिकारीले भने, ‘उनीहरूलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।’ नाइके यादव पक्राउ भएपछि उनका समर्थकहरूले कारागारभित्र नाराबाजी, आगजनी र तोडफोडसमेत गरेका थिए। प्रशासनले सुरक्षा सतर्कता कडा पारेको छ। १५० जनाको क्षमताको कारागारमा हाल ४३७ जना कैदी...
पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको घरदैलो अभियानलाई प्राथमिकता

पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको घरदैलो अभियानलाई प्राथमिकता

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
        रामजी यादव २४ माघ, वीरगंज (पर्सा) जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा निर्वाचन क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले जनताको समस्या बुझ्न र प्रत्यक्ष संवाद स्थापित गर्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन्। उम्मेदवार यादवले चुनावी अभियानका क्रममा क्षेत्रका विभिन्न बस्ती र टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको दुःख, सुख र समस्याबारे जानकारी लिइरहेका छन्। उनले जनताको समस्या नै आफ्नो समस्या भएको उल्लेख गर्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। घरदैलो अभियानले मतदातासँग नजिकको सम्बन्ध स्थापित गर्नुका साथै जनविश्वास जित्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए। अभियानका क्रममा उम्मेदवार यादवले युवापुस्...
**रास्वपा उम्मेदवारको प्रचारमा प्रयोग भएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालकविरुद्ध मुद्दा दर्ता**

**रास्वपा उम्मेदवारको प्रचारमा प्रयोग भएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालकविरुद्ध मुद्दा दर्ता**

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
रौतहट क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ। बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ मठियाटोल निवासी मोहम्मद सगिरकी छोरी अल्फा खातुनलाई उक्त कारले ठक्कर दिएको थियो। घटनापछि गम्भीर घाइते बालिकालाई स्थानीयले तत्काल उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्‍याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै चालक फरार भए पनि करिब ४ घण्टापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। कार चालक परोहा नगरपालिका–३ निवासी मुस्ताक आलमविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल नजिकको मस्जिदमा जडान गरिएको सिसिटीभी फुटेज प्रहरीले बरामद गरी...
सर्लाहीमा लुटेराको चक्कु प्रहारबाट छिमेक लघुवित्तका कर्मचारी घाइते, आरोपी फरार

सर्लाहीमा लुटेराको चक्कु प्रहारबाट छिमेक लघुवित्तका कर्मचारी घाइते, आरोपी फरार

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सर्लाहीको लालबन्दीस्थित छिमेक लघुवित्तको शाखामा लुटपाटका क्रममा लुटेराको चक्कु प्रहारबाट एक कर्मचारी घाइते भएका छन्। बिहीबार साँझ कार्यालय बन्द गर्ने क्रममा ५ देखि ६ जनाको समूहले अचानक प्रवेश गरी कर्मचारीमाथि आक्रमण गर्दै लुटपाट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लुटेरा समूहले कर्मचारीलाई कोठाभित्र थुनेर चक्कु प्रहार गरेको थियो। आक्रमणबाट घाइते भएका कर्मचारीको पाखुरामा चोट लागेको छ। उनको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। लुटेरा समूहले लघुवित्तबाट केही नगदसमेत लुटेर फरार भएको जनाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिएका छन्।...
जनमत पार्टी पर्सा क्षेत्र नं. २को घरदैलो कार्यक्रम सम्पन्न

जनमत पार्टी पर्सा क्षेत्र नं. २को घरदैलो कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, राजनीति, समाचार
रामजी यादव, २२ माघ, बीरगंज, पर्सा – जनमत पार्टी पर्सा क्षेत्र नं. २को घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बहुदरमाई नगरपालिका वडानं. २ र ३ का मतदातासँग पार्टीका उम्मेदवार श्याम गुप्ताले आफ्ना कार्यकर्तासँगै भेटघाट गरेका हुन्। उक्त कार्यक्रम पिपरा, नगरदाहा र पदमौल टोलमा घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरी पार्टीको अजेन्डा र योजनाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको थियो। उम्मेदवार श्याम गुप्ता र पार्टीका कार्यकर्ताले मतदातासँग छलफल गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारलाई भारी मतले विजयी गराउन समर्थन मागेका थिए। घरदैलो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू अनिता रौनियार, राजनारायण मिश्रा, पुनम चौधरी र नेतृ सन्तोषी महतो लगायतको उपस्थिती रहेको थियो।...
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, समाचार
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन पर्सा, २१ माघ । जनमत पार्टी पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय जनसम्पर्क कार्यालय पोखरिया बजारमा उद्घाटन गरिएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन आज आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह तथा विशिष्ट अतिथि ओमप्रकाश श्राफले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए। सो अवसरमा जनमत पार्टीकी केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी प्रत्याशी मालती कुशवाहाले जनताको समस्या, भावना र आवश्यकतालाई नजिकबाट बुझ्न तथा सहज रूपमा सम्पर्क कायम गर्न कार्यालय स्थापना गरिएको बताइन्। उनले जनताको सेवामा समर्पित हुँदै क्षेत्रका विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको...
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन कोहलपुर ।युनाइटेड किङडमको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (UK FCDO) को सहयोगमा ईलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ। संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (UNOPS) मार्फत योजना कार्यान्वयन भई निर्माण सम्पन्न उक्त भवनको उद्घाटन प्रहरी महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्कीले गर्नुभयो। उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रले पीडितमैत्री वातावरणमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानव अधिकारमैत्री र संवेदनशील सेवा प्रवाहमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नव–निर्मित सेवा केन्द्रबाट घरेलु हिंसा, लैङ्ग...