बागमती

रास्वपाको जिल्ला अधिवेशन सम्पन्न : झापा, काठमाडौँ र काभ्रेमा नयाँ नेतृत्व चयन

रास्वपाको जिल्ला अधिवेशन सम्पन्न : झापा, काठमाडौँ र काभ्रेमा नयाँ नेतृत्व चयन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत झापा, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार तथा गए राति सम्पन्न निर्वाचन र सर्वसम्मत प्रक्रियामार्फत तीनवटै जिल्लामा नयाँ कार्यसमिति गठन गरिएको हो। झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले ३४१ मत प्राप्त गर्दै प्रतिस्पर्धी लक्ष्मण बस्नेत र अर्जुनकुमार मैनालीलाई पराजित गरेका हुन्। उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भीमबहादुर कुँवर निर्वाचित भएका छन्। त्यसैगरी, जातीय क्लस्टरतर्फ राजनारायण राजवंशी सदस्यमा निर्वाचित भएका छन् भने खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने, शान्तिमाया न्यौपाने र मुना सापकोटा चयन भएका छन्। अधिवेशनले पाँचवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू समेत चयन गरेको छ। यता काठमाडौँ ...
अपराजित रहँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

अपराजित रहँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
एसियन गेम्स छनोटअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ। सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो। यसअघि समूह चरणमा नेपालले मलेसिया र चीनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान रोहितकुमार पौडेल २१ रनमा अविजित रहे भने कुशल भूर्तेलले २० रनको योगदान दिए। ओमानका लागि समिर ओभथमानले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो। ओमानका कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट ल...
टोखा–८ द्वारा सञ्चालित तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

टोखा–८ द्वारा सञ्चालित तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । टोखा नगरपालिका–८ को आयोजनामा सञ्चालन गरिएको तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकामा खेलप्रति रुचि विकास गर्ने, अनुशासन, आत्मविश्वास तथा शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम शनिबार एक विशेष समारोहका बीच समापन गरिएको हो। समापन कार्यक्रममा वडा अध्यक्ष रमेश खत्री, वडा सचिव दिनेश सापकोटा, वडा सदस्य मिठु नेपाली, वडा सदस्य कमला, फुटबल प्रशिक्षक गोविन्दप्रसाद रिमाललगायत स्थानीय अभिभावक, खेलप्रेमी तथा प्रशिक्षणमा सहभागी भएका दर्जनौं बाल खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा तीन महिनासम्म नियमित रूपमा प्रशिक्षणमा सहभागी भएका बाल खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी बालबालिकाले प्रशिक्षण अवधिभर सिकेका सीप, खेलकुदप्रतिको लगाव तथा अनुशासनको प्रदर्शन गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण...
ईश्वरी भुजेल हत्याकाण्डबारे पूर्व गृहमन्त्री सुदन गुरुङको चासो, निष्पक्ष छानबिनको माग

ईश्वरी भुजेल हत्याकाण्डबारे पूर्व गृहमन्त्री सुदन गुरुङको चासो, निष्पक्ष छानबिनको माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पूर्व गृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी कार्यालय पुग्नुभएको छ। नेपाली सेनामा कार्यरत गोरखाकी ईश्वरी भुजेलको गएराति ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगरद्वारा हत्या भएको घटनापछि गुरुङले दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको हो। गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिनुभएको थियो। साथै, पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै न्याय सुनिश्चित गर्न निष्पक्ष र प्रभावकारी अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ। मृतक भुजेल गोरखा जिल्लाकी निवासी तथा गुरुङकै निर्वाचन क्षेत्रकी नागरिक भएकाले पनि घटनाप्रति आफू गम्भीर रहेको उहाँले उल्लेख गर्नुभएको छ।...
ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई कारबाही हुन्छ : प्रहरी

ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई कारबाही हुन्छ : प्रहरी

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हरक साम्पाङ माथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे ले साम्पाङले ट्राफिक नियम स्पष्ट रूपमा उल्लंघन गरेको देखिएकाले सम्बन्धित प्रहरी कार्यालयमार्फत आवश्यक कारबाही गरिने जानकारी दिनुभयो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा साम्पाङले मोटरसाइकल चलाउँदा एक हातले मात्र ह्यान्डल समातेको, मोबाइल प्रयोग गर्दै सेल्फी भिडियो बनाएको तथा हेल्मेटको स्ट्र्यापसमेत नलगाएको देखिएको छ। प्रहरीका अनुसार यी कार्यहरू ट्राफिक नियमविपरीत हुन्। उदयपुरको कटारीबाट फर्किने क्रममा साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको हात लगायत शरीरका केही भागमा सामान्य चोट लागेको बताइएको छ। साम्पाङले सडकमा रहेको ढुंगाका कारण सन्तुलन गुम्दा दुर्घटना भएको प्रतिक...
रास्वपाको लक्ष्य मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने : रवि लामिछाने

रास्वपाको लक्ष्य मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने : रवि लामिछाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
    धादिङ/हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्तिका रूपमा स्थापित हुनु रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले रास्वपालाई अझ फराकिलो, समावेशी र सुदृढ संगठनका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरेका हुन्। पार्टी विस्तारसँगै व्यक्तिगत स्वार्थ र संकीर्ण सोच त्याग्नुपर्नेमा जोड दिँदै उनले पार्टी ठूलो बन्दा सबैको भूमिका अझ महत्वपूर्ण र अर्थपूर्ण बन्ने बताए। सभापति लामिछानेले रास्वपाको पहिलो महाधिवेशनलाई सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनाउन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने आज र भोलि जिल्ला अधिवेशनहरू सञ्चालन भइरहेका छन्। ...
प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्दै सभामुख अर्याल र अध्यक्ष दाहाल

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्दै सभामुख अर्याल र अध्यक्ष दाहाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
  काठमाडौं। सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा निर्माणको तयारीमा रहेको प्रस्तावित सुक्खा बन्दरगाह स्थलको अवलोकन गरेका छन्। सुदूरपश्चिम प्रदेशमा आयोजित उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन पुगेका उनीहरूले आज उक्त क्षेत्रको निरीक्षण गर्दै व्यापार तथा आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पूर्वाधार परियोजनाबारे जानकारी लिएका हुन्। अवलोकन भ्रमणमा उपसभामुख रूबी कुमारी र राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी समेत सहभागी थिइन्। भ्रमणका क्रममा टोलीले धार्मिक, पर्यटकीय तथा आर्थिक महत्व बोकेको भक्केनी धाम, ब्रह्मदेव तथा टनकपुर क्षेत्रको समेत अवलोकन गरेको सभामुखको सचिवालयले जनाएको छ। त्यसैगरी, सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको प...
उच्च प्रतिफल दिने योजनामा स्रोत केन्द्रित गर्न बजेटले पर्याप्त ध्यान नदिएको पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी

उच्च प्रतिफल दिने योजनामा स्रोत केन्द्रित गर्न बजेटले पर्याप्त ध्यान नदिएको पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले केही क्षेत्रगत प्राथमिकतामा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै भए पनि ती आयोजनामा आवश्यक मात्रामा बजेट विनियोजन हुन नसकेको बताए। उनका अनुसार हालका २४–२५ वटा राष्ट्रिय गौरवका आयोजनामा थोरै–थोरै बजेट छरिँदा कुनै पनि आयोजना समयमै सम्पन्न हुन सकेका छैनन्। उनले सरकारसँग बहुमतको शक्ति रहेकाले आयोजनालाई स्पष्ट रूपमा प्राथमिकतामा राखी सीमित संख्यामा केन्द्रित गर्नुपर्ने सुझाव दिए। अधिकांश मन्त्रालयका बजेट पुरानै कार्यक्रमको निरन्तरतामा आधारित रहेको उल्लेख गर्दै उनले उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा जोड दिए। पाण्डेले कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनालाई समयमै सम्पन्न गर्न सके अर्थतन...
बालेन सरकारको नयाँ भूमि व्यवस्थापन योजना: सुकुम्बासीलाई ४ आना जग्गा, खेतीका लागि छुट्टै व्यवस्था, लालपुर्जा प्रक्रियामा सीडीओको भूमिका बढाउने तयारी

बालेन सरकारको नयाँ भूमि व्यवस्थापन योजना: सुकुम्बासीलाई ४ आना जग्गा, खेतीका लागि छुट्टै व्यवस्था, लालपुर्जा प्रक्रियामा सीडीओको भूमिका बढाउने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित नयाँ भूमि व्यवस्थापन योजना अघि सार्ने तयारी गरेको छ। प्रस्तावित योजनाअनुसार वास्तविक भूमिहीन तथा जोखिममा रहेका परिवारलाई बसोबासका लागि करिब ४ आना जग्गा उपलब्ध गराइनेछ। साथै, उनीहरूको जीविकोपार्जन सहज बनाउन खेतीयोग्य वा उत्पादनमूलक कामका लागि छुट्टै जग्गा व्यवस्थापन गर्ने अवधारणा समेत अघि बढाइएको छ। महानगर स्रोतका अनुसार लामो समयदेखि काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित बसोबासलाई व्यवस्थित पुनर्स्थापनामार्फत समाधान गर्ने लक्ष्य राखिएको छ। यसका लागि योग्य लाभग्राहीको पहिचान गरी न्यूनतम आवास अधिकार सुनिश्चित गर्ने तयारी भइरहेको छ। त्यसैगरी, जग्गा स्वामित्व सुनिश्चित गर्न आवश्यक पर्ने लालपुर्जा वितरण प्रक्रियालाई सहज र एकीकृत बना...
डिभोर्सको अन्तिम सुनुवाइअघि श्रीमतीको हत्या, ‘नेपाली ब्रो’ पक्राउ

डिभोर्सको अन्तिम सुनुवाइअघि श्रीमतीको हत्या, ‘नेपाली ब्रो’ पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौँ। अदालतबाट सम्बन्धविच्छेद (डिभोर्स) हुने अन्तिम प्रक्रियाअघि नै श्रीमतीको हत्या भएको घटनाले देशभर सनसनी फैलाएको छ। सामाजिक सञ्जालमा “नेपाली ब्रो” नामले चिनिने रेस्लर ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप लागेको छ। घटना शुक्रबार राति करिब १० बजे भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा रहेकी भुजेललाई तत्कालै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार दम्पतीबीच सम्बन्धविच्छेदसम्बन्धी मुद्दा अन्तिम चरणमा पुगेको समयमा विवाद चर्किएपछि घटना भएको बताइन्छ। घटनापछि प्रहरीले आरोपित थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको कारण, परिस्थिती र सम्पूर्ण पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।...