नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँ रहेको थियो ।...















