बागमती

टोखा नगरपालिका वडा नं. ११ मा शान्तिपूर्ण तरिकाले मतदान हुँदैछ।

टोखा नगरपालिका वडा नं. ११ मा शान्तिपूर्ण तरिकाले मतदान हुँदैछ।

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
टोखा नगरपालिका वडा नं. ११ मा आज राष्ट्रिय निर्वाचन शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ। बिहानैदेखि मतदाताहरूले आफ्ना मताधिकार प्रयोग गर्न मतदान केन्द्रहरूमा लाम लगाएर उपस्थित भएका छन्। सुरक्षा र सुव्यवस्थाका लागि प्रहरीले पर्याप्त संख्या खटाएको छ भने मतदान प्रक्रिया सहज र व्यवस्थित ढंगले अघि बढिरहेको छ। मतदानमा विभिन्न उमेदवारका समर्थकहरू पनि उपस्थित छन्, तर अहिलेसम्म कुनै विवाद वा झगडा भएको छैन। स्थानिय बासिन्दाहरूले नागरिक जिम्मेवारीको रूपमा मतदानमा सहभागी हुनुको महत्वमा जोड दिएका छन्। निर्वाचन आयोगले सबै मतदाताहरूलाई मतदान गर्न उत्साहित गर्दै नागरिक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ। टोखा नगरपालिका वडा नं. ११ मा मतदानको स्थिति अहिलेसम्म शान्तिपूर्ण छ र अधिकारीहरूले मतदान प्रक्रियामा कुनै अवरोध आउन नदिन सतर्कता अपनाएका छन्।  ...
काठमाडौँ–५ मा प्रधानमन्त्री सुशीला कार्कीको मतदान गर्दै

काठमाडौँ–५ मा प्रधानमन्त्री सुशीला कार्कीको मतदान गर्दै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सुशीला कार्कीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित फैमालचुली केन्द्रमा रहेको मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउँदै आम मतदातालाई अनिवार्य रूपमा मतदान गर्न आह्वान गर्नुभयो। प्रत्येक मत देशको भविष्य निर्माणका लागि महत्वपूर्ण हुने भएकाले जिम्मेवार नागरिकका रूपमा मतदान प्रक्रियामा सहभागी हुनुपर्ने उहाँको भनाइ छ।...
सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
सर्लाही–४ अन्तर्गत पर्ने बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान सुरु भएसँगै विवाद उत्पन्न भएको छ। मत खसाल्ने प्रक्रिया प्रारम्भ हुनासाथ मतदाताबीच सामान्य भनाभन चर्किँदै झडपमा परिणत भएको हो। घटनापछि मतदान केन्द्र आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउन प्रयास गरिएको जनाइएको छ। विवादका कारण केहीबेर मतदान प्रक्रिया प्रभावित भए पनि पछि पुनः सुचारु गरिएको बताइएको छ।...
सिन्धुलीमा बसले स्कुटर ठक्कर दिँदा चालकको मृत्यु

सिन्धुलीमा बसले स्कुटर ठक्कर दिँदा चालकको मृत्यु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बीपी राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाडौंबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएका गोलञ्जोर गाउँपालिका–२ वितिजोरका ३५ वर्षीय स्कुटर चालक चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले बस चालक, हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।...
पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी रोकी उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाडीभित्र केही शंकास्पद सामग्री बरामद भएको जनाएको छ। घटनापछि सुरक्षा सतर्कता बढाउँदै उक्त क्षेत्रलाई अस्थायी रूपमा घेराबन्दी गरिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ। यसअघि सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पनि मौन अवधिमा नगदसहित पक्राउ परेका थिए। निर्वाचन नजिकिँदै गर्दा विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।...
‘फागुन २१ मा चुनाव हुँदैन’ भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

‘फागुन २१ मा चुनाव हुँदैन’ भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
फागुन २१ गते निर्वाचन नहुने दाबी गर्ने ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई चन्द्रागिरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ उनलाई पक्राउ गरी परिसरमा बुझाएको हो। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्। प्रहरीका अनुसार ज्योतिष अधिकारीले ‘२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए।...
आबाट आमा २०८२ सालको दोस्रो धेरै कमाउने नेपाली फिल्म

आबाट आमा २०८२ सालको दोस्रो धेरै कमाउने नेपाली फिल्म

Breaking News 1, Breaking News 2, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म बनेको छ। मंगलबार मध्यान्हसम्म फिल्मले १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यही अवधिमा ४ लाख ६९ हजार ४१४ टिकट बिक्री भएको जनाइएको छ। यसले जेरी अन टप (अनमोल केसी अभिनीत) को १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँ ग्रस कमाइलाई समेत पछि पारेको छ। तर, यो उपलब्धिसँगै पनि ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरकै सर्वाधिक कमाउने फिल्म भने बनेको छैन। उनको अघिल्लो फिल्म शत्रु गते ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाएको थियो। मल्टिस्टारर ‘आबाट आमा’मा विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती र साइग्रेस पोखरेलको अभिनय रहेको छ। निर्माता पक्षले फिल्मको दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरिसकेको छ। २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म भने परान हो, जसले १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ ...
मोरङमा नगदसहित गाडी नियन्त्रणमा, तीन जना सोधपुछपछि रिहा

मोरङमा नगदसहित गाडी नियन्त्रणमा, तीन जना सोधपुछपछि रिहा

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
मोरङ: निर्वाचन प्रचारप्रसारका क्रममा नगद रकमसहित भेटिएको एक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली कांग्रेसको प्रचारमा हिँडेको उक्त गाडीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन्। प्रहरीले नगद र सवारीसाधनसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछपछि तीनै जनालाई रिहा गरिएको छ भने बरामद गरिएको नगद र गाडी आवश्यक छानबिनका लागि मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाइएको जनाइएको छ। मोरङ–२ मा नेपाली कांग्रेस बाट मिनेन्द्र रिजाल उम्मेदवार छन्। त्यस्तै नेकपा (एमाले) बाट दिलिपकुमार अग्रवाल, नेपाल कम्युनिष्ट पार्टी बाट चन्द्रवीर राई र राष्ट्रिय स्वतन्त्र पार्टी बाट कृष्णकुमार कार्की उम्मेदवार रहेका छन्।...
तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस प्रवेश, गोविन्द भट्टराईलाई समर्थन

तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस प्रवेश, गोविन्द भट्टराईलाई समर्थन

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दमौली: तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र भइरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन्। आइतबार साँझ दमौलीमा आयोजित विशेष कार्यक्रममा लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका हुन्। कार्यक्रममा बोल्दै लौडारीले कुनै पनि प्रकारको अवसरवादभन्दा माथि उठेर इमानदार र सक्षम नेतृत्वलाई साथ दिनु आजको आवश्यकता भएको महसुस गर्दै आफू कांग्रेसमा आबद्ध भएको बताए। उनले मुलुकमा सकारात्मक परिवर्तनका लागि स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई समर्थन गर्नु आफ्नो जिम्मेवारी ठानेको उल्लेख गरे। नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै कांग्रेस उम्मेदवार गोविन्द भट्टराई ले आफू नेपाल विद्यार्थी संघ को केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गरे। उनले सधैँ यु...
कैलाली को घोडाघोडी नगरपालिका सुखड बजार मा शिव शक्ति बाबा संग उपचार गराउने को घुइचो

कैलाली को घोडाघोडी नगरपालिका सुखड बजार मा शिव शक्ति बाबा संग उपचार गराउने को घुइचो

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, विचार, समाचार, सुदूरपश्चिम
  कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत पर्ने सुखड बजारमा ‘जगदगुरु शिव शक्ति बाबा’सँग उपचार गराउन आउनेहरूको उल्लेख्य भीड देखिएको छ। स्थानीय स्रोतका अनुसार कान नसुन्ने, आँखा नदेख्ने तथा बोली नफुट्ने जस्ता समस्याबाट पीडित बिरामीहरूलाई पानी फुकेर खुवाउने विधिबाट उपचार गरिने र त्यसबाट निको हुने दाबी गरिएको छ। कैलालीका विभिन्न स्थानका साथै टाढा–टाढाबाट समेत बिरामीहरू उपचारका लागि सुखड पुगेको बताइएको छ। उपचारका लागि आएका केही बिरामी तथा उनका आफन्तहरूले उक्त विधिबाट लाभ भएको प्रतिक्रिया दिएका छन्।    यसैक्रममा ‘शिव शक्ति बाबा’सँग आशिर्वाद लिन पूर्व पर्यटनमन्त्री प्रेम आले समेत सुखड पुगेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू (VIP) को पनि बाक्लो उपस्थिति देखिएको स्थानीय स्रोतले बताएका छन्।   स्थानीय समुदायका अनुसार, सुखड बजारमा उपचार र आशिर्वादका लागि आउने भी...