बजेटले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा ध्यान दिएन : राजेन्द्र दाहाल
काठमाडौं । वरिष्ठ पत्रकार तथा अध्येता राजेन्द्र दाहाल ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन्।
दाहालले शिक्षालाई केन्द्रमा राखेर प्रभावकारी कार्यक्रम, पर्याप्त स्रोत–साधन र गुणस्तर सुधारका योजनाको अपेक्षा गरिए पनि बजेट त्यसअनुसार आउन नसकेको बताए। उनका अनुसार शिक्षाप्रति चासो राख्ने धेरै नागरिकको अपेक्षा पूरा नभएकाले बजेटले निराश बनाएको छ।
उनले शिक्षाका लागि थपिएको बजेटको ठूलो हिस्सा शिक्षक तथा कर्मचारीको तलब–भत्तामा केन्द्रित भएको उल्लेख गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधार, विद्यालयको शैक्षिक वातावरण सुदृढीकरण तथा अभिभावकको विश्वास बढाउने विषयलाई पर्याप्त महत्व नदिइएको बताए।
दाहालले विद्यालयको भौतिक पूर्वाधारको म्यापिङका लागि बजेट छुट्याइए पनि त्यसले प्रत्यक्ष रूपमा पठनपाठनको गुणस्तर व...















