ललितपुर–२ मा जगदीश खरेलको शानदार जित, खरेलले भने : यो समग्र ललितपुरको जित हो
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेलले ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्।
विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले यो जित ललितपुर–२ को मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताएका छन्।
खरेलले भने, “सम्पूर्ण जनताप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। यो जित ललितपुर क्षेत्र नम्बर–२ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्र जितका रूपमा होइन।”
उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। खरेलले पार्टी सभापति रवि लाम...















