राजनीति

सर्वोच्च अदालत परिसरबाट रोशनी वादी पक्राउ

सर्वोच्च अदालत परिसरबाट रोशनी वादी पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा सुनुवाइका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरीका अनुसार उनलाई हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी प्रवक्ता पवन भट्टराईले अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ भइरहेका बेला इजलासभित्र हुलहुज्जतजन्य गतिविधि भएपछि नियन्त्रणमा लिनुपरेको जानकारी दिए। रोशनी वादी पछिल्लो समय प्रदर्शनरत चलचित्र ‘लाल बजार’ विरुद्ध आन्दोलन गर्दै आएकी छन्। उक्त चलचित्रले वादी समुदायका महिलाको छविमा नकारात्मक असर पारेको दाबी गर्दै उनले प्रदर्शन रोक्न माग गर्दै आएकी थिइन्। सोही विषयमा दायर गरिएको रिटमाथिको सुनुवाइका लागि उनी बुधबार सर्वोच्च अदालत पुगेकी थिइन्। सुनुवाइका क्रममा अवरोध सिर्जना भएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ। यसअघि पनि उनी विभिन्न विरोध कार्यक्रममार्फत सार्वजनिक रूपमा सक्रिय र...
राष्ट्रियसभामा सुकुम्वासी समस्या समाधानको माग

राष्ट्रियसभामा सुकुम्वासी समस्या समाधानको माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्न, मूल्यवृद्धि नियन्त्रण गर्न तथा स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले जातीय विभेदका घटना न्यूनीकरण, रुग्ण उद्योग पुनः सञ्चालन तथा सुशासन कायम गर्न सरकारसँग आग्रह गरेका हुन्। सांसद कमला पन्तले गौरवको आयोजनाका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारीबारे सरकारसँग जवाफ माग गरिन्। सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्वासीहरूको उचित व्यवस्थापन गर्न आग्रह गरिन्। सांसद दुर्गा गुरुङले सुकुम्वासी समस्याको स्थायी समाधान आवश्यक रहेको बताइन् भने सांसद नरबहादुर विष्टले वैदेशिक रोजगारीमा निर्भरता घटाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना ल्याउन सरकारसँग माग गरे। सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार ...
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सदनको कारबाही अवरुद्ध भएको हो। यसअघि बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका थिए। आजको बैठकमा राष्ट्रपति Ram Chandra Poudel ले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो। आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राखेपछि सभामुख डिपी अर्यालले आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको जानकारी गराउनुभएको थियो। त्यसलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जनाएका थिए। सदनमा अवरोध भएपछि सभामुख अर्यालले पटक–पटक सदनलाई मर्...
काठमाडौँ महानगरद्वारा छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

काठमाडौँ महानगरद्वारा छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
Kathmandu Metropolitan City ले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ। महानगरअन्तर्गतका संस्थागत विद्यालय तथा कलेजहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाएको छ। महानगरपालिकाको वेबसाइट तथा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ। अनलाइन आवेदन जेठ १० गतेसम्म भर्न सकिनेछ भने छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बताइएको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुविकल्पीय प्रश्न सोधिने महानगरले जनाएको छ।...
प्रधानन्यायाधीश प्रकरणमा सुशीला कार्कीले गुमाएको अवसर

प्रधानन्यायाधीश प्रकरणमा सुशीला कार्कीले गुमाएको अवसर

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
Sushila Karkiले संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश Manoj Kumar Sharmaलाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी छन् । पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम सरकारकी पूर्वप्रधानमन्त्रीसमेत रहेकी कार्कीले उक्त निर्णयप्रति कडा टिप्पणी गरेपछि यस विषयले थप चर्चा पाएको हो । प्रधानमन्त्री Balen Shahको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले विधिसम्मत रूपमा गरेको निर्णयप्रति असहमति जनाउनु स्वाभाविक भए पनि कार्कीले आफ्नो पूर्वपदको गरिमा र मर्यादालाई ध्यान नदिएको टिप्पणी भइरहेको छ । उनले न्यायाधीश सपना प्रधान मल्ललाई महिलाको प्रतिनिधिका रूपमा अघि सार्दै उनी नै प्रधानन्यायाधीश हुनुपर्ने धारणा राखेकी छन् । राजनीतिक तथा न्यायिक वृत्तमा कार्की र युवा नेताहरूबीचको निकट सम्बन्धबारे पनि चर्चा हुने गरेको छ । तर आलोचकहरूका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व...
गोदावरी नगरपालिकाका मेयर भट्ट सवार सरकारी गाडी दुर्घटनामा

गोदावरी नगरपालिकाका मेयर भट्ट सवार सरकारी गाडी दुर्घटनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका का मेयर वीरेन्द्र भट्ट सवार सरकारी गाडी शनिबार राति धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गेटा क्षेत्रमा दुर्घटनामा परेको छ। सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। दुर्घटनामा गाडीमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनाग्रस्त गाडी हाल प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ भने मेयर भट्ट सकुशल अवस्थामा आफन्तसँग घर फर्किएको बताइएको छ।...
पूर्वप्रधानमन्त्री कार्की आक्रोशित, ‘आमा’ सम्बोधनमा आपत्ति

पूर्वप्रधानमन्त्री कार्की आक्रोशित, ‘आमा’ सम्बोधनमा आपत्ति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् । काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई बाहिरिने क्रममा पत्रकार दिवाकर साहले प्रतिक्रिया लिन खोज्दा उनी आक्रोशित देखिएकी थिइन् । पत्रकारले ‘आमा दर्शन’ भनेपछि कार्कीले तत्कालै “कोले आमा भनेको ?” भन्दै असन्तुष्टि जनाइन्। पत्रकारले आफूले सम्बोधन गरेको बताएपछि उनले “तिमीहरूको आमा नै फेरिसक्यो” भन्ने प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि पत्रकारले ‘केही फरक पर्दैन, आमा फेरिँदैन’ भने पनि कार्कीले रुखो शैलीमा “बालेन शाहकी श्रीमतीलाई आमा भन” भन्दै जवाफ फर्काएकी थिइन्। उनले सबिना काफ्ले (प्रधानमन्त्रीपत्नी) लाई संकेत गर्दै “आमा होइन ? बच्चाको आमा होइन ?” भनेर प्रतिप्रश्न समेत गरेकी थिइन्। यस क्रममा पत्रकारले कार्कीलाई ‘देशकै आमा...
Durga Prasaiको आरोप : सरकारले नागरिकको भरोसा तोड्यो

Durga Prasaiको आरोप : सरकारले नागरिकको भरोसा तोड्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । Durga Prasaiले प्रधानमन्त्री Balen Shah नेतृत्वको सरकारमाथि नागरिकको घरसँगै भविष्य र आशा समेत संकटमा पारेको आरोप लगाएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले पछिल्लो सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै निर्वाचनमा Rastriya Swatantra Partyलाई समर्थन गरेका धेरै मतदाता अहिले निराश बनेको दाबी गरे । उनले विदेशमा रहेका नेपालीहरुले परिवारलाई घण्टी चुनाव चिह्नमा मतदान गर्न प्रेरित गरेको उल्लेख गर्दै अहिले भने “बस्ने घर नै नभएपछि स्वदेश फर्किने आधार कमजोर बनेको” अवस्था देखिएको बताए । प्रसाईँले सुरुदेखि नै वर्तमान सरकार विदेशी प्रभावमा बनेको भन्दै आएको उल्लेख गर्दै हालका गतिविधिले आफ्नो भनाइ पुष्टि भएको जिकिर गरे । साथै उनले न्यायपालिकामाथि हस्तक्षेप भएको आरोप लगाउँदै प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर पनि सरकारको आलोचना गरेक...
Rastriya Swatantra Partyको संसदीय अभ्यास तथा नेतृत्व विकास तालिम आजदेखि प्रारम्भ

Rastriya Swatantra Partyको संसदीय अभ्यास तथा नेतृत्व विकास तालिम आजदेखि प्रारम्भ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । Rastriya Swatantra Partyले आफ्ना सांसद र पार्टी नेतृत्वलाई लक्षित गर्दै संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी तालिम आजदेखि सुरु गरेको छ । जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुने तरिका, कानुन निर्माण प्रक्रिया, सार्वजनिक अभिव्यक्ति कला तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । कार्यक्रममा संघीय तथा प्रदेश तहका जनप्रतिनिधि, पार्टीका पदाधिकारी तथा जिम्मेवार नेताहरुको सहभागिता रहेको छ । पार्टीले यस तालिमले जनप्रतिनिधिहरुलाई थप जिम्मेवार, सक्षम र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।...
उपसभामुखको कामकारबाहीमा पार्टीको हस्तक्षेप हुँदैन : हर्क साम्पाङ

उपसभामुखको कामकारबाहीमा पार्टीको हस्तक्षेप हुँदैन : हर्क साम्पाङ

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले उपसभामुखका कामकारबाहीमा पार्टीको कुनै हस्तक्षेप नहुने स्पष्ट पारेका छन् । संवैधानिक परिषद्ले वरीयता मिच्दै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको विषयमा असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेका साम्पाङले पछि यस्तो धारणा सार्वजनिक गरेका हुन् । उपसभामुख रूबीकुमारी ठाकुर ले पार्टीबाट राजीनामा दिई उपसभामुख बनेकाले अब उहाँको कामकारबाहीमा पार्टीको कुनै दख्खल नहुने साम्पाङको भनाइ छ । “उहाँ हाम्रो पार्टीबाट राजीनामा दिएर उपसभामुख बन्नुभएको हो। शपथपछि उहाँ पार्टीको सदस्य रहनुहुन्न। उहाँले के गर्नुहुन्छ भन्ने विषयमा हाम्रो पार्टीको कुनै हस्तक्षेप हुँदैन,” उनले भने । साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पहिले नै विज्ञप्ति जारी गरेका थिए । संवैधानिक परिषद्ले बिहीबार चौथो वरीयतामा रहेका मनोज ...