उच्च प्रतिफल दिने योजनामा स्रोत केन्द्रित गर्न बजेटले पर्याप्त ध्यान नदिएको पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले केही क्षेत्रगत प्राथमिकतामा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै भए पनि ती आयोजनामा आवश्यक मात्रामा बजेट विनियोजन हुन नसकेको बताए। उनका अनुसार हालका २४–२५ वटा राष्ट्रिय गौरवका आयोजनामा थोरै–थोरै बजेट छरिँदा कुनै पनि आयोजना समयमै सम्पन्न हुन सकेका छैनन्।
उनले सरकारसँग बहुमतको शक्ति रहेकाले आयोजनालाई स्पष्ट रूपमा प्राथमिकतामा राखी सीमित संख्यामा केन्द्रित गर्नुपर्ने सुझाव दिए। अधिकांश मन्त्रालयका बजेट पुरानै कार्यक्रमको निरन्तरतामा आधारित रहेको उल्लेख गर्दै उनले उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा जोड दिए।
पाण्डेले कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनालाई समयमै सम्पन्न गर्न सके अर्थतन...















