पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा, देशभर बाढी–पहिरोले बढायो चिन्ता
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
केही दिनअघि पालञ्चोक भगवतीको मूर्तिबाट ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि यसलाई कुनै ठूलो अनिष्ट वा विपत्तिको संकेतका रूपमा चर्चा गरिएको थियो। अहिले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका घटना बढ्दै गएपछि ती चर्चाले पुनः ध्यान तानेका छन्।
म आफूलाई कुनै भविष्यवक्ता ठान्दिनँ, म एक सामान्य व्यक्ति हुँ। गुरुले दिनुभएको ज्ञान, शिक्षा र मार्गदर्शनका आधारमा नै मैले त्यतिबेला उक्त विषयमा पोस्ट गरेको थिएँ। तर अहिले देशका विभिन्न ठाउँबाट बाढी, पहिरो र जनधनको क्षतिका दुःखद खबरहरू आइरहँदा मन निकै दुःखी भएको छ।
गुरुले विजयादशमीसम्म देशले कठिन परिस्थितिको सामना गर्नुपर्ने, ठूलो जनधनको क्षति हुन सक्ने तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउन सक्ने बताउनुभएको थियो। त्यसपछि नेपालका शक्तिपीठहरूमा शक्ति जागृत भई संकट क्रमशः टर्दै देशमा शान्ति, सुख र समृद्धि कायम हुने उहाँको विश्वास थियो।
...















