महिला हिंसाविरुद्ध पोखरामा आक्रोश, सडकमै स्वतःस्फूर्त प्रदर्शन
कास्की । देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा नागरिकहरूले विरोध प्रदर्शन गरेका छन्। सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि स्वतःस्फूर्त रूपमा प्रदर्शन गरिएको हो।
महिलामाथि हुने हिंसा र बलात्कारका घटना दिनहुँ बढिरहेको भन्दै प्रदर्शनकारीहरूले प्लेकार्डसहित विरोध जनाएका थिए। केही दिनअघि सुर्खेतमा भएको उक्त घटनामा न्यायको माग गर्दै प्रशासन कार्यालयको गेटअगाडि भेला भएर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शन कुनै संस्था वा आयोजकको पहलमा नभई स्वतःस्फूर्त रूपमा भएको बताइएको छ। प्रदर्शनमा सहभागीहरूले “छोरीहरूलाई बाँच्न दे, बलात्कारीलाई दण्ड दे”, “सरकार सुतिरहेको छ, छोरीहरू लुटिरहेका छन्” र “हत्यारा संरक्षण बन्द गर, कानुनी कठघरामा खडा गर” जस्ता नारा लेखिएका प्लेकार्ड प...















