पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा, देशभर बाढी–पहिरोले बढायो चिन्ता

केही दिनअघि पालञ्चोक भगवतीको मूर्तिबाट ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि यसलाई कुनै ठूलो अनिष्ट वा विपत्तिको संकेतका रूपमा चर्चा गरिएको थियो। अहिले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका घटना बढ्दै गएपछि ती चर्चाले पुनः ध्यान तानेका छन्।

म आफूलाई कुनै भविष्यवक्ता ठान्दिनँ, म एक सामान्य व्यक्ति हुँ। गुरुले दिनुभएको ज्ञान, शिक्षा र मार्गदर्शनका आधारमा नै मैले त्यतिबेला उक्त विषयमा पोस्ट गरेको थिएँ। तर अहिले देशका विभिन्न ठाउँबाट बाढी, पहिरो र जनधनको क्षतिका दुःखद खबरहरू आइरहँदा मन निकै दुःखी भएको छ।

गुरुले विजयादशमीसम्म देशले कठिन परिस्थितिको सामना गर्नुपर्ने, ठूलो जनधनको क्षति हुन सक्ने तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउन सक्ने बताउनुभएको थियो। त्यसपछि नेपालका शक्तिपीठहरूमा शक्ति जागृत भई संकट क्रमशः टर्दै देशमा शान्ति, सुख र समृद्धि कायम हुने उहाँको विश्वास थियो।

यद्यपि, यस्ता धार्मिक विश्वास र चर्चाभन्दा अहिले मानवीय जीवनको सुरक्षा, उद्धार र सहयोग नै सबैभन्दा महत्वपूर्ण कुरा हो। बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकको सकुशल उद्धार होस्। त्रिशूली तथा अन्य नदी आसपासका बासिन्दा सतर्क र सुरक्षित रहनुहोस्। 🙏

सबैको जीवन सुरक्षित रहोस्, विपत्तिमा परेकाहरूको शीघ्र उद्धार होस्। 🙏

छुटाउनुभयो कि ?

चिन लाई दियो टक्कर ,   अब नेपाल मै Great waal ग्रेट वाल

चिन लाई दियो टक्कर , अब नेपाल मै Great waal ग्रेट वाल

  मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ मा चीनको प्रसिद्ध ग्रेट वालको झल्को दिने संरचना निर्माण गरिएको छ। मकवानपुर र धादिङ जिल...
कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला

कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला

काठमाडौँको कीर्तिपुर–६ स्थित आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला सुरु हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक...
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी भएका छन...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय निर्माणबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्म...
रौतहट को फतुवा विजयपुर ०२ सितलपुरमा आज दुर्गा, ब्रम्ह बाबा र सातोबहिनीको पूजा भब्य रुपमा सम्पन्न

रौतहट को फतुवा विजयपुर ०२ सितलपुरमा आज दुर्गा, ब्रम्ह बाबा र सातोबहिनीको पूजा भब्य रुपमा सम्पन्न

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुरमा नवरात्रिको पावन अवसरमा आज माता दुर्गा, ब्रह्म बाबा तथा सातोबहिनीको पूजा–आ...
मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बई । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले उनको गाडीमाथि अन्धाधुन्ध गोली प्...
नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्च...
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६...