रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको उद्धार कार्य नेपाली सेनाले बिहानैदेखि तीव्र बनाएको छ।
जटिल भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थितिका बीच परिचालित सेनाको उद्धार टोलीले हालसम्म दुई जनालाई सुरुङबाट सकुशल बाहिर निकालिसकेको छ। सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा सेनाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
अप्ठ्यारो भू–बनोट र चुनौतीपूर्ण अवस्थाका बाबजुद सेनाले आवश्यक प्राविधिक उपकरणसहित विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरी सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाएको छ।