प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग प्राप्त भएको हो।

नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाबाट कोषमा सहयोग आउने क्रम तीव्र भएको हो।

सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट रकम ग्रहण गरिरहेका छन् भने व्यक्तिगत सहयोग गर्न चाहनेले मन्त्रालयमै पुगेर रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ सहयोगसहित कोषमा रहेको कुल रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात थियो।

यसअघि बिहीबार ६ घण्टामै निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग समावेश गरिएको छैन।

छुटाउनुभयो कि ?

चिन लाई दियो टक्कर ,   अब नेपाल मै Great waal ग्रेट वाल

चिन लाई दियो टक्कर , अब नेपाल मै Great waal ग्रेट वाल

  मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ मा चीनको प्रसिद्ध ग्रेट वालको झल्को दिने संरचना निर्माण गरिएको छ। मकवानपुर र धादिङ जिल...
कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला

कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला

काठमाडौँको कीर्तिपुर–६ स्थित आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला सुरु हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक...
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी भएका छन...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय निर्माणबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्म...
रौतहट को फतुवा विजयपुर ०२ सितलपुरमा आज दुर्गा, ब्रम्ह बाबा र सातोबहिनीको पूजा भब्य रुपमा सम्पन्न

रौतहट को फतुवा विजयपुर ०२ सितलपुरमा आज दुर्गा, ब्रम्ह बाबा र सातोबहिनीको पूजा भब्य रुपमा सम्पन्न

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुरमा नवरात्रिको पावन अवसरमा आज माता दुर्गा, ब्रह्म बाबा तथा सातोबहिनीको पूजा–आ...
मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बई । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले उनको गाडीमाथि अन्धाधुन्ध गोली प्...
नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्च...
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६...