नयाँ कर व्यवस्थाले महँगियो विद्युतीय सवारी, इभीको मूल्यमा उल्लेख्य वृद्धि हुने
काठमाडौं, जेठ १६ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी साधन (इभी) मा नयाँ कर संरचना लागू गरेपछि नेपाली बजारमा इभी गाडीको मूल्य उल्लेख्य रूपमा बढ्ने भएको छ।
यसअघि सवारीको किलोवाट क्षमताका आधारमा फरक–फरक भन्सार दर लाग्दै आएकोमा सरकारले अब सबै इभीमा २० प्रतिशतको समान (फ्ल्याट) भन्सार दर लागू गरेको छ। तर, ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर थपिएपछि समग्र करभार भने बढेको छ।
नयाँ व्यवस्थाअनुसार २० लाख रुपैयाँसम्म मूल्य पर्ने इभीमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक मर्मत तथा सुधार दस्तुर लाग्नेछ। यसले यस्ता सवारीमा कुल करभार करिब ४०.५ प्रतिशत पुग्ने देखिएको छ।
त्यस्तै, ३० लाखदेखि ४० लाख रुपैयाँसम्म मूल्यका इभीमा २० प्रतिशत भन्सार, १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १...















