मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन
काठमाडौं । कागेश्वरी मनोहरा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा घर–टहरा भत्काउने अभियान आज पनि जारी राखिएको छ। बाँकी संरचना हटाउन सोमबार बिहान ७ बजेदेखि १३ वटा डोजर परिचालन गरिएको हो।
आइतबारदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत अधिकांश घर–टहरा हटाइसकिएको भए पनि केही संरचना बाँकी रहेकाले आज पुनः डोजर चलाइएको सम्बन्धित निकायले जनाएको छ।
अभियानमा भक्तपुरबाट खटिएको नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी संयुक्त रूपमा परिचालित छन्। सुरक्षाको व्यवस्थासहित बस्ती खाली गराउँदै डोजर प्रयोग गरेर अवैध संरचना हटाउने कार्य भइरहेको छ।
यसअघि पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाइएको थियो। ती क्षेत्रबाट हटाइएका परिवारलाई कीर्तिपुर, नागार्जुन र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको थ...















