Author: Xpress Tv News Nepal

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

Breaking News 1, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले आइतबार अदालतमा पेश गर्ने तयारी गरेको छ। शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत बन्द हुने भएकाले आइतबार पेश गर्ने निर्णय गरिएको हो। उनीहरूलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको छ। बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा रहेको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो। पक्राउ पर्नुअघि ओलीलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी थमाइएको थियो। यसैबीच, गृह...
ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गृहमन्त्री सुदन गुरुङ ले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ। गत भदौ २३ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई अनुसन्धानका लागि नियन्त्रणमा लिनु प्रतिशोध नभएको उहाँले स्पष्ट पार्नुभएको छ। मन्त्री गुरुङले फेसबुकमा लेख्नुभएको छ, “कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो।” उहाँले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह को नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा रहेको आयोगले दिएको सिफारिस कार्यान्...
पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा सार्ने तयारी

पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा सार्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले महाराजगन्जस्थित २ नम्बर गणमा राख्ने तयारी गरेको जनाएको छ। काठमाडौं प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार, अहिले पक्राउ परेका लेखकलाई केही समयपछि २ नम्बर गणमा लैजाने तयारी भइरहेको छ। लेखक शनिबार बिहान आफ्नो निवासबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई पहिले प्रहरी परिसर भद्रकालीमा राखिएको थियो। भद्रकालीमा केही समय राखेपछि सुरक्षा व्यवस्था र कारवाही प्रक्रियाअनुसार उनलाई महाराजगन्जस्थित २ नम्बर गणमा सारिने तयारी गरिएको छ। प्रहरीका अनुसार यस कदमले आगामी अनुसन्धान र सुरक्षा व्यवस्थालाई सहज बनाउनेछ। साथै, अधिकारीहरूले घटनासम्बन्धी कानुनी प्रक्रिया पुरा गर्न र सुनिश्चित गर्न आवश्यक सबै तयारी अघि बढाइरहेको बताएका छन्।...
मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित रूपमा भेटिएको छ। पाइलटसहित ५ जना यात्रु रहेको सो हेलिकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण भएको हो। उक्त घटना पश्चात् यात्रु तथा चालक दलको स्वास्थ्य र सुरक्षाको जानकारी संकलन भइरहेको छ। प्रारम्भिक रिपोर्ट अनुसार, सबै यात्रु तथा पाइलट पूर्ण रूपमा सकुशल छन् र कुनै घाइतेको सूचना प्राप्त भएको छैन। हेलिकप्टरमा रहेका यात्रुहरू Saurya Krishi, Mana Kamana Cablecar, र Manasalu Saurya Krishi सम्बन्धित व्यक्तिहरु रहेको जनाइएको छ। स्थानीय स्रोतहरूले पनि घटनास्थलको अवस्था सामान्य रहेको पुष्टि गरेका छन्। हवाई सेवा प्रदायक कम्पनीले अबको यात्रा तथा उडान सुरक्षा सुनिश्चित गर्न थप सतर्कता अपनाउने जनाएको छ।...
भीआइपी मुभमेन्ट अन्त्य, नागरिक सेवामा सहजता: गृह मन्त्री सुधन गुरुङ

भीआइपी मुभमेन्ट अन्त्य, नागरिक सेवामा सहजता: गृह मन्त्री सुधन गुरुङ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भीआइपी मुभमेन्ट’का नाममा नागरिकले भोग्नुपर्ने असुविधा अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि उनले कर्मचारीलाई निर्देशन दिँदै परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिएका छन्। जेनजी आन्दोलनको अगुवाइ गरेका मन्त्री गुरुङले आन्दोलनपश्चात् मन्त्रीहरूको सेवासुविधा खारेजी र सवारी व्यवस्थामा नागरिकलाई सास्ती दिने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले स्वयं निजी कार चलाएर मन्त्रालयबाट बाहिर निस्किएर उदाहरण प्रस्तुत गरे। मन्त्री गुरुङले भने, “नागरिक तहमा ‘भीआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ। यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु।” साथै, मन्त्रालयमा पदबहालीपछि उनले जेनजी सहिद परिवार र घाइतेलाई साक्षी राखेर सेवा प्रवाहलाई एकद्वार प्रणाली मार्फत सुनिश्चित गर्ने निर्णय गरे। यसका लाग...
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई हार्दिक बधाई दिएका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहणपछि लामिछानेले प्रधानमन्त्री शाहलाई अँगालो हाल्दै बधाई व्यक्त गरेका हुन्। यसैगरी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई ले पनि प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्।...
बालेन सरकारमा चार मन्त्रीको नाम टुंगियो

बालेन सरकारमा चार मन्त्रीको नाम टुंगियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले आज मध्याह्न १२:३४ बजे शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। बालेन नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। बिहीबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरू योग्यताको आधारमा छनोट गरिने बताएका थिए। उनले सबै केन्द्रीय सदस्य तथा सांसदहरूलाई नेतृत्वमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए। यस कारण धेरै सांसदहरू अझै अन्योलमा देखिएका छन्। प्रधानमन्त्री बन्न लागेका बालेन शाहले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिरहेका छन्। मन्त्रालयको संख्या घटाएर मन्त्रिपरिषद् बनाउने विषयमा समेत छलफल भइरहेको छ। तर, कति मन्त्रालय रहने भन्ने विषय अझै सार्वजनिक गरिएको छैन। आज बि...
धनगढीमा धार्मिक क्षेत्र संरक्षण र शान्ति–सुरक्षामा सक्रिय प्रमुख जिल्ला अधिकारी रेग्मी

धनगढीमा धार्मिक क्षेत्र संरक्षण र शान्ति–सुरक्षामा सक्रिय प्रमुख जिल्ला अधिकारी रेग्मी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढी क्षेत्रमा मठ–मन्दिरको संरक्षण तथा शान्ति–सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सक्रिय रूपमा खटिँदै आएका छन्। धार्मिक क्षेत्रप्रति संवेदनशीलता र जनताको सुरक्षामा देखिएको दृढताका कारण उहाँप्रति स्थानीय स्तरमा सकारात्मक धारणा विकसित हुँदै गएको छ। प्रमुख जिल्ला अधिकारी रेग्मीले लामो समयदेखि आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै आएका छन्। उहाँको कार्यशैलीमा स्पष्टता, अनुशासन र जनउत्तरदायित्व देखिने भएकाले छोटो समयमै सर्वसाधारणको विश्वास जित्न सफल भएको स्थानीयहरू बताउँछन्। यसैबीच, कुमार भट्टराई सँग भएको भेटघाटका क्रममा धार्मिक क्षेत्रको संरक्षण, शान्ति–सुरक्षा व्यवस्थापन तथा जनताले भोगिरहेका समस्याबारे विस्तृत छलफल भएको थियो। उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी रेग्मीले धर्मगुरुहरूको भूमिका, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा ...
देशभरका अदालतमा डेढ लाख मुद्दा बाँकी, फैसला कार्यान्वयन कमजोर

देशभरका अदालतमा डेढ लाख मुद्दा बाँकी, फैसला कार्यान्वयन कमजोर

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ। देशभरका अदालतमा करिब डेढ लाख मुद्दा अझै छिन्न बाँकी रहेका छन्। सर्वोच्च अदालत लगायत विभिन्न तहका अदालतमा हाल १ लाख ४९ हजार ५६० थान मुद्दा विचाराधीन अवस्थामा रहेका हुन्। संविधानको धारा १३८ बमोजिम रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा देशभरको न्यायिक अवस्थाबारे विस्तृत विवरण समेटिएको छ। प्रतिवेदनअनुसार फैसला कार्यान्वयन पक्ष निकै कमजोर देखिएको छ। अदालतबाट फैसला भइसकेका मुद्दामा संलग्न व्यक्तिहरूले आदेश अटेर गर्दा कैद तथा जरिवाना दुवै असुल हुन नसकेको अवस्था छ। हालसम्म १ लाख २१ हजार १५६ वर्ष बराबरको कैद कार्यान्वयन हुन बाँकी रहेको छ भने जरिवानातर्फ ३१ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ असुल हुन बाँकी छ। यसैबीच २३ र २४ भदौमा भएको जेनजी आन्दोलन पछि देशभरका २२ वटा अदालतमा आगजनी...
सुकुमबासी बस्तीमा डोजर चलाउन रोक्न माग

सुकुमबासी बस्तीमा डोजर चलाउन रोक्न माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
११ चैत, काठमाडौं। अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी बस्तीहरूमा डोजर प्रयोग गरेर आतंक सिर्जना नगर्न सरकारसँग माग गरेको छ। संघले बुधबार पत्रकार सम्मेलन गर्दै सुकुमबासी बस्तीहरूमा डोजर चलाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो। संघका अनुसार सरकारले कानुनी रूपमा भूमिहीन तथा अव्यवस्थित सुकुमबासी समस्याको समाधान गर्नुपर्नेमा उल्टै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका बस्तीहरूमा डोजर चलाएर त्रास फैलाएको आरोप लगाएको छ। अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका–७ धापासीस्थित सुकुमबासी बस्तीका १८ घरमा चैत ९ गते डोजर चलाइएको जानकारी दिए। उनका अनुसार यसअघि काठमाडौंको सिफल र भक्तपुरका सुकुमबासी बस्तीहरूमा पनि डोजर प्रयोग गरिएको थियो। उनले वर्तमान सरकारलाई निर्वाचनबाहेक अन्य काम गर्ने अधिकार नभएको उल्लेख गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनुको आवश...