ओलीको आरोप: तोडफोड, हिंसा र लुटपाटलाई वैधानिकता दिँदा देश बर्बादीतर्फ धकेलियो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाउँदै त्यसले देश बर्बादीतर्फ धकेलिएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश कमजोर बन्दै गएपछि खेलकुदसहित कुनै पनि क्षेत्रले अपेक्षित गति लिन नसकेको बताए।
उनले खेलाडीमा देशभक्तिको भावना अपरिहार्य रहेको उल्लेख गर्दै देश समृद्ध नभएसम्म कुनै पनि क्षेत्रले दीर्घकालीन सफलता हासिल गर्न नसक्ने धारणा राखे।
ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ र आर्थिक चुनौतीबीच पनि देशलाई उकास्ने प्रयास गरेको दाबी गरे। शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सुधारका पहल गरिएको उनको भनाइ थियो।
उनले वर्तमान सरकारले मुलुकलाई गलत दिशातर्फ लगेको आरोप लगाउँदै संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न...















