टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 फाइनल खेल भब्य रुपमा सम्पन्न
टोखा बक्सिङ क्लब को आयोजनामा सम्पन्न U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको फाइनल खेल टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण तथा भव्य वातावरणबीच सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा बक्सिङ खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए । खेलमा विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, अवार्डसँगै नगद पुरस्कारको समेत व्यवस्था गरिएको थियो । आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासित र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा बक्सिङ खेलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै नेपाल बक्सिङ महासंघ ले यस्ता...















