रास्वपाको लक्ष्य मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने : रवि लामिछाने
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
धादिङ/हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्तिका रूपमा स्थापित हुनु रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले रास्वपालाई अझ फराकिलो, समावेशी र सुदृढ संगठनका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरेका हुन्। पार्टी विस्तारसँगै व्यक्तिगत स्वार्थ र संकीर्ण सोच त्याग्नुपर्नेमा जोड दिँदै उनले पार्टी ठूलो बन्दा सबैको भूमिका अझ महत्वपूर्ण र अर्थपूर्ण बन्ने बताए।
सभापति लामिछानेले रास्वपाको पहिलो महाधिवेशनलाई सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनाउन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने आज र भोलि जिल्ला अधिवेशनहरू सञ्चालन भइरहेका छन्।
...















