विचार

महालेखाको प्रतिवेदनमा मन्त्रालयहरूमा बेरुजुको चाङ, अर्थ मन्त्रालय सबैभन्दा अगाडि

महालेखाको प्रतिवेदनमा मन्त्रालयहरूमा बेरुजुको चाङ, अर्थ मन्त्रालय सबैभन्दा अगाडि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– महालेखापरीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले संघीय मन्त्रालयहरूमा अर्बौं रुपैयाँ बेरुजु रहेको तथ्य उजागर गरेको छ । प्रतिवेदनअनुसार ११ वटा संघीय मन्त्रालयमा कुल रु. ५२ अर्ब ८ करोड ९१ लाख बेरुजु कायम भएको देखिएको हो । प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालय मा देखिएको छ । मन्त्रालयअन्तर्गत रु. ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको उल्लेख गरिएको छ, जुन कुल बेरुजुको ७०.३६ प्रतिशत हो । आर्थिक अनुशासन, राजस्व व्यवस्थापन र बजेट कार्यान्वयनको मुख्य जिम्मेवारी बोकेको मन्त्रालयमै ठूलो परिमाणमा बेरुजु देखिनुलाई गम्भीर वित्तीय कमजोरीका रूपमा हेरिएको छ । बेरुजुको आधारमा दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । मन्त्रालयमा रु. ७ अर्ब १० करोड ३३ लाख अर्थात् १३.२८ प्रतिशत बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, भूमि व्यवस्था,...
वीरगञ्ज भन्सारद्वारा १० महिनामा झण्डै दुई खर्ब राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा १० महिनामा झण्डै दुई खर्ब राजस्व संकलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, विचार, समाचार
पर्सा । वीरगञ्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु. एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको जनाएको छ । भन्सार विभागले यस अवधिका लागि रु. दुई खर्ब २३ अर्ब १८ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेको भए पनि कार्यालयले लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ । उनले पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात राजस्वको मुख्य स्रोत बनेको बताए । भन्सार विभागले चालु आर्थिक वर्षभरिका लागि वीरगञ्ज भन्सारलाई रु. दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । आर्थिक वर्षका अझै दुई महिना बाँकी रहेकाले आगामी दिनमा थप राजस्व संकलन हुने अपेक्षा कार्यालयले गरेको छ । कार्यालयका अनुसार साउन महिनामा रु. १८ अर्...
ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई सरकारले ठूलो राहत दिने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय सचिवालय तथा सम्बन्धित मन्त्रालय स्रोतका अनुसार देशभरका ऐलानी जग्गाबासीलाई आगामी एक वर्षभित्रै लालपुर्जा वितरण गर्ने योजनामा सरकार अघि बढेको हो । लामो समयदेखि विस्थापनको त्रासमा जीवन बिताइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई अब कानुनी रूपमा जग्गाधनी बनाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ । सरकारले “जग्गाबाट हटाइन्छ कि” भन्ने डरमा नबस्न आग्रह गर्दै उनीहरूको बसोबासलाई व्यवस्थित र सुरक्षित बनाउने नीति लिएको बताइएको छ । यो निर्णय कार्यान्वयनमा आएपछि देशभरका लाखौँ भूमिहीन नागरिकको वर्षौँदेखिको अन्योल अन्त्य हुने र आफ्नै नाममा लालपुर्जा पाउने सपना पूरा हुने अपेक्षा गरिएको छ ।...
जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले वर्तमान सरकार जेन्जी आन्दोलनकै आधारमा गठन भएको उल्लेख गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए । छलफलका क्रममा घाइते तथा सहिद परिवारले भने विगतमा भएका सहमति तथा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग शीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।...
अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । आजको खेलमार्फत नेपालका युवा खेलाडी ईशान पाण्डे ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिइएको हो । आजको खेलमा कुशल भुर्तेल र सोमपाल कामी पनि टोलीमा समावेश छन् । नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव तथा सोमपाल कामी रहेका छन् । नेपाल र अमेरिकाबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ खेल भएका छन् । तीमध्ये नेपाल र अमेर...
Durga Prasaiको आरोप : सरकारले नागरिकको भरोसा तोड्यो

Durga Prasaiको आरोप : सरकारले नागरिकको भरोसा तोड्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । Durga Prasaiले प्रधानमन्त्री Balen Shah नेतृत्वको सरकारमाथि नागरिकको घरसँगै भविष्य र आशा समेत संकटमा पारेको आरोप लगाएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले पछिल्लो सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै निर्वाचनमा Rastriya Swatantra Partyलाई समर्थन गरेका धेरै मतदाता अहिले निराश बनेको दाबी गरे । उनले विदेशमा रहेका नेपालीहरुले परिवारलाई घण्टी चुनाव चिह्नमा मतदान गर्न प्रेरित गरेको उल्लेख गर्दै अहिले भने “बस्ने घर नै नभएपछि स्वदेश फर्किने आधार कमजोर बनेको” अवस्था देखिएको बताए । प्रसाईँले सुरुदेखि नै वर्तमान सरकार विदेशी प्रभावमा बनेको भन्दै आएको उल्लेख गर्दै हालका गतिविधिले आफ्नो भनाइ पुष्टि भएको जिकिर गरे । साथै उनले न्यायपालिकामाथि हस्तक्षेप भएको आरोप लगाउँदै प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर पनि सरकारको आलोचना गरेक...
राजर्षि जनक विश्वविद्यालयमा कानुन अध्ययनप्रति विद्यार्थीको आकर्षण बढ्दै

राजर्षि जनक विश्वविद्यालयमा कानुन अध्ययनप्रति विद्यार्थीको आकर्षण बढ्दै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा कानुन संकायप्रति विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। विश्वविद्यालयका मानविकी तथा कानुन संकायका सहायक डिन समीप घिमिरेका अनुसार नेपाली समाजमा कानुन पढ्नुपर्छ भन्ने चेतना विस्तार भएकाले विद्यार्थीहरू यस क्षेत्रमा बढी आकर्षित भएका हुन्। उनका अनुसार पहिले विज्ञान संकायका विद्यार्थीहरू इन्जिनियरिङ र चिकित्सा शिक्षातर्फ केन्द्रित हुने गरे पनि अहिले कानुनलाई पनि प्रतिस्पर्धात्मक र व्यवसायिक विकल्पका रूपमा हेर्न थालिएको छ। विशेषगरी तराई क्षेत्रमा कानुन अध्ययनप्रतिको रुचि तीव्र रूपमा बढिरहेको उनले बताए। विश्वविद्यालयले हाल बीए-एलएलबी, एलएलबी र एलएलएम कार्यक्रम सञ्चालन गरिरहेको छ। बीए-एलएलबीमा सीमित कोटामा भर्ना लिइए पनि विद्यार्थीहरूको प्रतिस्पर्धा उच्च रहेको छ। हाल ५० जना विद्यार्थी भर्ना हुने व्यवस्था भए पनि आवश्यकताअनुसार संख्या बढ...
सरकारी खर्च कटौती गर्दै सुशीला कार्कीद्वारा सरकारी गाडी फिर्ता

सरकारी खर्च कटौती गर्दै सुशीला कार्कीद्वारा सरकारी गाडी फिर्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की ले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन शुक्रबार फिर्ता गर्नुभएको छ । नयाँ सरकार गठनपछि राज्यको अनावश्यक खर्च घटाउने उद्देश्यले उहाँले उक्त निर्णय लिनुभएको जनाइएको छ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएसँगै कार्कीले सरकारी सुविधा सीमित गर्ने कदम चाल्नुभएको हो । पूर्व प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतबाट प्राप्त हुने सुविधामै सन्तुष्ट रहने बताउँदै उहाँले दोहोरो सवारी सुविधा उपयोग नगर्ने निर्णय गर्नुभएको स्रोतले जनाएको छ । कार्कीको यो कदमलाई सार्वजनिक खर्च कटौती तथा जिम्मेवार राजनीतिक संस्कृतितर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।...
सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन

सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध देशका विभिन्न जिल्लामा भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन दलित समुदाय आन्दोलनमा उत्रिएका छन् । काठमाडौं उपत्यकामा डोजर अभियान तीव्र बनेपछि यसको प्रभाव देशभर फैलिएको हो । झापा, मोरङ, सुनसरीदेखि जनकपुर, हेटौंडा, पोखरा, बुटवल, दाङ, बर्दिया र सुर्खेतसम्म विभिन्न स्थानमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरूले “विस्थापन होइन व्यवस्थापन गर”, “भूमिहीनलाई न्याय दे”, “उठीबास बन्द गर” लगायतका नारासहित सरकारको निर्णयको विरोध गरेका छन् । सरकारले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि विभिन्न जिल्लामा बस्ती हटाउने तयारी सुरु भएको छ । तर, स्थानीय तह र प्रशासनबीच समन्वय अभावका कारण धेरै स्थानमा कार्यान्वयन प्रक्रिया रोकिएको बताइएको छ । झापाको द...
प्रधानन्यायाधीश सिफारिस विवादमा रास्वपा सांसद खत्रीको टिप्पणी : ‘कर्मले मान्छे ठूलो हुन्छ’

प्रधानन्यायाधीश सिफारिस विवादमा रास्वपा सांसद खत्रीको टिप्पणी : ‘कर्मले मान्छे ठूलो हुन्छ’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्री ले प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई लिएर भइरहेको बहसमाथि टिप्पणी गरेका छन्। उनले उमेर वा वरियताभन्दा व्यक्तिको कर्म र क्षमता महत्वपूर्ण हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खत्रीले प्रतिस्पर्धामा धेरै व्यक्ति हुँदा जोसुकैले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गरे। उनले ‘चार नम्बरले जित्न हुँदैन’ भन्ने तर्क गर्नु उचित नहुने बताएका छन्। ‘मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ। चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन। मान्छे उमेरले होइन, कर्मले श्रेष्ठ हुन्छ,’ उनले लेखेका छन्। उनले न्याय र विवेक निष्पक्ष भए मानिसले यही समाजमा स्वर्ग र नर्कको अनुभूति गर्न सक्ने धारणा पनि राखेका छन्। मानिस मरेपछि कहाँ जान्छ भन्ने विषय बहसको कुरा भए पनि न्यायपूर्ण दृष्टिकोण नै सबैभन्दा महत्वपूर्ण ह...