सञ्चारमन्त्री तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्।
आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री डा. तिमिल्सिनाले नेपाल–जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा नेपालले हेर्दै आएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने बताए।
उनका अनुसार नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार विस्तार तथा डिजिटल...















