समाचार

सयौ मान्छे को भिसा लाग्यो  ?  स्वच्छन्द भैरव को दर्शन गर्दा

सयौ मान्छे को भिसा लाग्यो ? स्वच्छन्द भैरव को दर्शन गर्दा

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्वच्छन्द भैरव मन्दिर स्थानीय धार्मिक आस्था र परम्पराको एक महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ। लामो धार्मिक इतिहास र विशिष्ट पूजापरम्परासँग जोडिएको यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्न विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन्। स्वच्छन्द भैरव मन्दिर प्राचीनकालदेखि नै शक्तिशाली धार्मिक स्थलका रूपमा श्रद्धा गरिँदै आएको जनविश्वास छ। यस मन्दिरमा विगतमा पञ्चबलि दिने परम्परा रहेको र विशेष अवसरमा रातभरि पूजाआजा तथा धार्मिक अनुष्ठान सञ्चालन हुने गरेको बताइन्छ। आज पनि पुण्य तिथिका अवसरमा यहाँ सयौँको सङ्ख्यामा बलि चढाउने परम्परा कायम रहेको स्थानीय धार्मिक मान्यतासँग जोडिएको छ। विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा अन्य उद्देश्यले विदेश जान चाहने व्यक्तिहरू यस मन्दिरमा पूजाआजा र भाकल गर्न आउने गरेका छन्। विदेश ...
महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न

महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
  मकवानपुरको थाहा नगरपालिका–३ स्थित शङ्खमूल मोक्षधाममा पितृहरूको मोक्षको कामना गर्दै भव्य महागङ्गा आरती श्रद्धा, भक्तिभाव र धार्मिक वातावरणका बीच सम्पन्न भएको छ। थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीज्यूको नेतृत्वमा सम्पन्न उक्त आरती कार्यक्रममा स्थानीयवासीसहित विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा मन्दिरका पुजारी र गुरुहरूको उपस्थिति रहेको थियो। सनातन धर्म, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महागङ्गा आरतीमा भक्तजनहरूले दीप प्रज्वलन, पूजाआजा तथा आरती दर्शनमार्फत आध्यात्मिक अनुभूति गरेका थिए। आरतीका क्रममा पवित्र मन्त्रहरूको उच्चारण र दीपको दिव्य ज्योतिले शङ्खमूल मोक्षधामको वातावरण भक्तिमय बनेको थियो। विशेषगरी दिवङ्गत पितृहरूको आत्माको शान्ति तथा मोक्षको कामना गर्दै आयोजना गरिएको यस धार्मिक अनुष्ठानले पितृप्रतिको श्रद्धा, आस्था र सम...
श्री गोरक्ष पात्रदेवता जात्रा सम्पन्न

श्री गोरक्ष पात्रदेवता जात्रा सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, बागमती, समाचार
Writing 🕉️🙏 ऐतिहासिक हरिशंकर जात्रा तथा फर्पिङ श्री गोरक्ष पात्रदेवता जात्रा सम्पन्न 🙏🕉️ काठमाडौंको फर्पिङमा आश्विन कृष्ण दशमीका दिन परम्परागत आस्था, धार्मिक विधि र सांस्कृतिक उल्लासका साथ ऐतिहासिक हरिशंकर जात्रा सम्पन्न भएको छ। 🪔🌺 रातभर जाग्राम बस्ने परम्परा, धाः–त्याम्को बाजाको गुञ्जायमान धुन तथा दक्षिणकाली, नीलबाराही र इन्द्रायणी देवीका रथयात्राले फर्पिङका प्राचीन बस्तीहरूलाई भक्तिमय र उत्सवमय बनाएको थियो। जात्राका क्रममा देखिएको भक्तजनको उत्साह र मौलिक सांस्कृतिक प्रस्तुतिले यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई थप उजागर गरेको छ। यसै अवसरमा श्री गोरक्ष पात्रदेवताको परम्परागत आगमनले जात्रालाई अझ विशेष बनाएको थियो। नाथ सम्प्रदायको आध्यात्मिक परम्परा, देवीदेवताको आराधना र फर्पिङमा पुस्तौँदेखि जीवित रहँदै आएको मौलिक संस्कृतिको सुन्दर सङ्गमका रूपमा यस जात्रालाई लिइन्छ। 🔱🙏...
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित को...
११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ

११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ लिएकी छन्। एमालेको ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि बिहीबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष ओलीले भण्डारीलाई शपथ गराएका हुन्। शपथ ग्रहणसँगै भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी छन्। पूर्वराष्ट्रपति भण्डारीलाई पछिल्लो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत भएपछि उनी पहिलोपटक एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्। राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारीले राष्ट्रपति पदमा दुई कार्यकाल पूरा गरेपछि सक्रिय दलीय राजनीतिबाट बाहिर रहेकी थिइन्। करिब ११ वर्षपछि उनी पुनः एमालेको औपचारिक पार्टी गतिविधिमा फर्किएकी हुन्। भण्डारीले वरिष्ठ नेताक...
वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन्। भट्टराईलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Extraordinary Personality of the Year’ अवार्ड प्रदान गरिएको हो। काठमाडौं स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा भट्टराईलाई प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हातबाट उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टराईले सनातन धर्म, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै सामाजिक विषयवस्तुको प्रचार–प्रसारमा निरन्तर योगदान पुर्‍याउँदै आएको आयोजक पक्षले जनाएको छ। सञ्चार क्षेत्रमार्फत धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूको खोज, पहिचान र प्रचार–प्रसारमा सक्रिय भट्टराईले आफ्नो कार्यक्षेत्रमा निरन्तर समय...
थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, समाचार
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो। विभिन्न क्षेत्रमा सामाजिक तथा सार्वजनिक योगदान पुर्‍याउँदै आएका गोपालीलाई विशेषगरी जीवन बिज्ञान स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानलाई मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजित विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विनोद पहाडी, सन्तोषराज सहनी, भरत समारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका आयोजक अनमोल आर. भगत लगायतको समेत सहभागिता रहेको थि...
रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सरकारले गुञ्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवस्तरीय निर्णयबाट गत असोज १ गते गरिएको मनोनयनसम्बन्धी सूचना हालै सार्वजनिक भएको हो। गुञ्जन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध जेन–जी पुस्ताकी नेतृ हुन्। गत वर्ष भएको जेन–जी आन्दोलनमा उनी सक्रिय रूपमा सहभागी थिइन्। आन्दोलनपछि राष्ट्रपति कार्यालयसँगको संवाददेखि नेपाली सेनाको जंगीअड्डासम्मका विभिन्न गतिविधिमा उनको उपस्थिति देखिएको थियो। उनी हाल गृहमन्त्री सुधन गुरुङसँग निकट रहेको बताइन्छ। गुरुङसँगै रास्वपामा प्रवेश गरेकी उनलाई पार्टीको नवप्रवर्तन विभागको सदस्यसमेत बनाइएको थियो। रास्वपाको चितवन महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्। बालेन शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि गुञ्जन उद्योगमन्त्री गौरी यादवको स...
नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि समाजमा रहेको जनअसन्तुष्टि र अविश्वास अझै कायमै रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले समाजमा गहिरो असन्तुष्टि रहेको उल्लेख गर्दै सामान्य देखिने कुनै घटनाले पनि ठूलो जनउभारको अवस्था सिर्जना गर्न सक्ने बताएका हुन्। उनले भने, “अहिले हेर्दा अवस्था शान्तजस्तो देखिन्छ। निर्वाचन भएको छ, सरकार बनेको छ, दुई तिहाइको बहुमत छ र हामी प्रतिपक्षमा छौँ। बाहिरबाट सबै कुरा ठीकठाक देखिए पनि अवस्था त्यस्तो मात्र होइन। हालै मधेशमा भएको घटनाले पनि सानो घटनाले एकाएक ठूलो असर पार्न सक्ने देखाएको छ।” थापाले नेपाली समाजमा अस्थिरता, बेचैनी, निराशा र असन्तुष्टि रहेको दाबी गरे। नयाँ राजनीतिक शक्ति उदाएको र निर्वाचन सम्पन्न भएको भए पनि जनअसन्तुष्टिका मूल कारणहरू सम्...
प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, समाचार
सुनसरी । प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लका अनुसार गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको हो। बन्दागोभी बोकेको ट्रकमा लुकाएर गाँजा ओसारपसार भइरहेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको...