महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न
मकवानपुरको थाहा नगरपालिका–३ स्थित शङ्खमूल मोक्षधाममा पितृहरूको मोक्षको कामना गर्दै भव्य महागङ्गा आरती श्रद्धा, भक्तिभाव र धार्मिक वातावरणका बीच सम्पन्न भएको छ। थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीज्यूको नेतृत्वमा सम्पन्न उक्त आरती कार्यक्रममा स्थानीयवासीसहित विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा मन्दिरका पुजारी र गुरुहरूको उपस्थिति रहेको थियो।
सनातन धर्म, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महागङ्गा आरतीमा भक्तजनहरूले दीप प्रज्वलन, पूजाआजा तथा आरती दर्शनमार्फत आध्यात्मिक अनुभूति गरेका थिए। आरतीका क्रममा पवित्र मन्त्रहरूको उच्चारण र दीपको दिव्य ज्योतिले शङ्खमूल मोक्षधामको वातावरण भक्तिमय बनेको थियो।
विशेषगरी दिवङ्गत पितृहरूको आत्माको शान्ति तथा मोक्षको कामना गर्दै आयोजना गरिएको यस धार्मिक अनुष्ठानले पितृप्रतिको श्रद्धा, आस्था र सम...















