गृहमन्त्री अर्यालसहित उच्च अधिकारीहरूले काठमाडौं उपत्यकाका मतदान स्थल अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च अधिकारीहरूको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन गरेका छन्। उनीहरूमध्ये गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख र गृहमन्त्रालयका अन्य उच्च अधिकारीहरू सहभागी थिए।
मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै काठमाडौं र ललितपुरका मतदान स्थलको निरीक्षण तथा अनुगमन गरेका हुन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै मतदान स्थलको अवस्था सम्बन्धमा जानकारी लिएका थिए।
अनुगमनको क्रममा सानेपास्थित टीका विद्याश्रम मावि, तारकेश्वरको नागर्जुन मावि, पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय र सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन सेल निरीक्षण गरिएको थियो।
टोलीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुस...















