समाचार

२१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा

२१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुरक्षा
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ स्थित पशु बजारबाट सशस्त्र प्रहरी बलको टोलीले २१८ किलो गाँजासहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ। सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्रयाक्टरमा परालले छोपेर ल्याइँदै गरेको २२ वटा पोकामा रहेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले बरामद गरेको हो। गाँजा ल्याउने व्यक्ति तथा ट्रयाक्टर चालक गस्तीमा रहेका सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्रयाक्टर र गाँजा सोही स्थानमा छाडेर फरार भएका थिए। बरामद गाँजा र ट्रयाक्टर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।...
जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ

जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना पनि दिएका छन्। उहाँले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने प्रष्ट पारेका छन्। घिसिङले लामो स्टाटसमा देशको वर्तमान प्रशासनिक र विकास प्रणालीप्रति आलोचना पनि गरेका छन्। उनको भनाइ अनुसार, एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकिरहेको छ। “हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,” घिसिङ...
समानुपातिक मतगणनाः १६ लाखभन्दा बढी मत हालसम्म गणना, ५ लाख मत बाँकी

समानुपातिक मतगणनाः १६ लाखभन्दा बढी मत हालसम्म गणना, ५ लाख मत बाँकी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ। करिब पाँच लाख मत अझै बाँकी छ। निर्वाचन आयोगका अनुसार मत परिणाम यसप्रकार छ: राष्ट्रिय स्वतन्त्र पार्टी : ५० लाख ११ हजार ८९१ नेपाली कांग्रेस : १६ लाख ९४ हजार ८८४ नेकपा (एमाले) : १४ लाख १२ हजार ८५३ नेपाली कम्युनिष्ट पार्टी : ७ लाख ६७ हजार ९९९ श्रम संस्कृति पार्टी : ३ लाख ५८ हजार ४६७ राष्ट्रिय प्रजातन्त्र पार्टी : ३ लाख २५ हजार ३२४...
प्लानिङ ब्वाइजसँग एपिएफको बराबरी

प्लानिङ ब्वाइजसँग एपिएफको बराबरी

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको २२औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाएका थिए। तर, ६२औँ मिनेटमा एलेक्स विलियनले गोल गर्दै प्लानिङ ब्वाइजलाई १–१ को बराबरीमा पुर्‍याए। यो नतिजासँगै एपिएफले ९ खेलबाट २१ अंक जोडेको छ। प्लानिङ ब्वाइज १९ अंकसहित दोस्रो स्थानमा रहेको छ। लिगमा एपिएफको लगातार दोस्रो तथा प्लानिङ ब्वाइजको लगातार तेस्रो बराबरी हो। लिगमा अपराजित रहेका लालिगुराँस र मच्छिन्द्र एफसीको पनि समान १९ अंक नै रहेको छ। गोलअन्तरका आधारमा प्लानिङ ब्वाइज दोस्रो स्थानमा रहेको हो। यसैबीच, अर्को खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ। फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले एक गोल गरे भने अर्को गोल आत्मघाती रह्यो। निर्धा...
जुम्लामा ६ उम्मेदवारको जमानत जफत

जुम्लामा ६ उम्मेदवारको जमानत जफत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा एक स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। जिल्ला निर्वाचन कार्यालयका अनुसार गणना भएको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि ती उम्मेदवारहरूको जमानत जफत भएको हो। जुम्लामा कुल ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८७८ मत खसेको थियो। जसमध्ये १ हजार ७०५ मत बदर हुँदा ३९ हजार १७३ मत सदर भएको थियो। कानुनी व्यवस्थाअनुसार उम्मेदवारले सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् ३ हजार ९१७ मत ल्याउनुपर्ने हुन्छ। तर रास्वपाकी उम्मेदवार विनिता कठायतले ४२१ मत मात्रै प्राप्त गरेकी थिइन्। यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका ऋषि धितालले ११२, नेमकिपाका विर्षबहादुर रावतले ४००, नेकपा (माओवादी)का विर्ख शाहीले ७१, नेजपाका नीलविक्रम शाहीले ४३ र स्...
८५ लाख समानुपातिक मतगणना सकिँदा रास्वपाको मत प्रतिशत घट्यो

८५ लाख समानुपातिक मतगणना सकिँदा रास्वपाको मत प्रतिशत घट्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फ ८५ लाखभन्दा बढी मत गणना सम्पन्न गरेको छ। पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मत प्रतिशत केही घटेको देखिएको छ। ८५ लाख ३५ हजार २४० मत गणना हुँदा रास्वपाले ४१ लाख २३ हजार ८१ मत प्राप्त गरेको छ, जुन ४८.३० प्रतिशत हो। प्रारम्भिक गणनामा रास्वपाले ५० प्रतिशतभन्दा बढी मत पाएको थियो। यसको प्रतिशत घटेसँगै श्रम संस्कृति पार्टीको मत भने बढ्दै गएको छ। नेपाली कांग्रेसले १३ लाख ८३ हजार ८७३ मत प्राप्त गर्दै १६.२१ प्रतिशत हासिल गरेको छ। त्यस्तै, नेकपा एमालेले ११ लाख ६७ हजार १५७ मत पाएको छ, जुन १३.६७ प्रतिशत हो। त्यसैगरी नेकपाले ६ लाख हजार ५६४ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार १९७ मत पाएको छ। श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ लाख हजार ...
पाइपलाइन प्रयोग नगरी ट्यांकरबाट पेट्रोल ढुवानी प्रकरणमा अख्तियारको छानबिन

पाइपलाइन प्रयोग नगरी ट्यांकरबाट पेट्रोल ढुवानी प्रकरणमा अख्तियारको छानबिन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
पेट्रोलियम पाइपलाइन प्रयोग नगरी ट्यांकरमार्फत पेट्रोल ढुवानी गरिएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ। प्रारम्भिक अनुसन्धानमा शून्य लागतमा पाइपलाइनबाट ढुवानी गर्न सकिने पेट्रोल मासिक करिब पाँच करोड रुपैयाँ खर्चेर ट्यांकरमार्फत ल्याइएको देखिएको छ। अख्तियार स्रोतका अनुसार पाइपलाइन उपलब्ध हुँदाहुँदै पनि एक सय चार ट्यांकरमार्फत पेट्रोल ढुवानी गर्दा नेपाल आयल निगमलाई ठूलो आर्थिक भार परेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। अब आयोगले अनुसन्धान अधिकृत तोकेर सम्बन्धित अधिकारीसँग बयान लिने र थप छानबिन अघि बढाउने तयारी गरेको छ। एक वर्षमा मात्रै ढुवानी भाडाबापत करिब ६० करोड रुपैयाँ खर्च भएको देखिएपछि अख्तियार यस विषयमा सक्रिय भएको हो। पाइपलाइनको सट्टा ट्यांकर प्रयोग गर्दा केही कर्मचारीले कमिसन लिएको हुन सक्ने आशंकासमेत गरिएको छ।...
१५६ स्थानको मतगणना सम्पन्न: रास्वपाका १२० उम्मेदवार विजयी

१५६ स्थानको मतगणना सम्पन्न: रास्वपाका १२० उम्मेदवार विजयी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाका १२० उम्मेदवार विजयी भएका छन्। आज साँझ ५ बजेसम्मको मतपरिणामअनुसार रास्वपाका उम्मेदवारहरू थप ६ निर्वाचन क्षेत्रमा अग्रतामा रहेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भइसकेको छ। तीमध्ये नेपाली कांग्रेसले १७ क्षेत्रमा विजय हासिल गरेको छ। नेकपा (एमाले) ले ७ स्थानमा जित हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम गरेको छ। यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन्। श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार १–१ स्थानमा विजयी भएका छन्। समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन...
ललितपुर–२ मा जगदीश खरेलको शानदार जित, खरेलले भने : यो समग्र ललितपुरको जित हो

ललितपुर–२ मा जगदीश खरेलको शानदार जित, खरेलले भने : यो समग्र ललितपुरको जित हो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेलले ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्। विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले यो जित ललितपुर–२ को मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताएका छन्। खरेलले भने, “सम्पूर्ण जनताप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। यो जित ललितपुर क्षेत्र नम्बर–२ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्र जितका रूपमा होइन।” उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। खरेलले पार्टी सभापति रवि लाम...
गौरीबहादुर आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीको भनाइ : निचोड सार्वजनिक गर्छौं

गौरीबहादुर आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीको भनाइ : निचोड सार्वजनिक गर्छौं

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन बुझेकी छन्। आयोग प्रमुख कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै सीमित स्रोत–साधनका बाबजुद आयोगले सत्यतथ्य बाहिर ल्याएको विश्वास व्यक्त गरिन्। सुरक्षा र गोपनीयताका कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगर्ने संकेत गर्दै उनले प्रतिवेदनको निचोड भने सार्वजनिक गरिने बताइन्।...