समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे रवि लामिछाने र बालेन शाहबीच छलफल
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच समानुपातिक सांसद चयन तथा नयाँ सरकार गठनको विषयमा छलफल भएको छ।
शुक्रबार हात्तीगौंडास्थित लामिछानेको निवासमा भएको उक्त भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको रास्वपा नेताहरूले बताएका छन्। लामिछाने अस्वस्थ रहेकाले उनी घरमै बसेर शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार उच्च ज्वरोका कारण लामिछाने घरमै आराम गरिरहेका छन्।
गत साता सम्पन्न निर्वाचनमा रास्वपाले प्रतिनिधिसभाका २७५ मध्ये १८२ सिट जितेको छ। निर्वाचन आयोगले आगामी साता अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। आयोगले बिहीबार तीन दिनभित्र समानुपातिक सांसदहरूको सूची बुझाउन दलहरूलाई पत्राचार गरिसकेको छ।
रास्वपाले समानुपातिकतर्फ ११० मध्ये ५७ सिट प्राप्त गरेको छ। क्लस्टरअनुसार दल...















