मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिपछि निर्माण व्यवसायी असन्तुष्ट, असुरक्षा बढेको गुनासो
काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सडक अनुगमनका क्रममा दिएको विवादास्पद अभिव्यक्तिले निर्माण व्यवसायी वृत्तमा व्यापक चर्चा र असन्तुष्टि पैदा गरेको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाको निरीक्षणका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारप्रति कडा टिप्पणी गर्दै दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले आपत्ति जनाएका छन्।
अनुगमनका क्रममा धादिङ खण्डमा विद्युत् पोल नसारिँदा निर्माण कार्य प्रभावित भएको जानकारी पाएपछि मन्त्री लम्सालले सम्बन्धित निकायका अधिकारीहरूसामु कडा प्रतिक्रिया दिएका थिए। उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि निर्माण व्यवसायीहरूमा असुरक्षाको भावना बढेको महासंघका पदाधिकारीहरूको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरे ले मन्त्रीको अभिव्यक्ति जिम्मेवार पदको मर्यादाअनुकूल नभएको बताए। उनका अनुसार निर्माण व्यवसायीलाई धम्की वा दबाब दिएर विक...















