७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार पर्यटक भित्रिए
मुस्ताङ — चालु आर्थिक वर्षको सात महिनामा मुस्ताङ जिल्लामा कुल ३ लाख २५ हजार ५५८ जना पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्।
प्रहरी तथ्यांकअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका पर्यटकमध्ये साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ पर्यटक रहेका छन्।
गत वर्ष सोही अवधिमा मुस्ताङ भ्रमण गरेका पर्यटक ३ लाख ४० हजार ७२९ थिए। यस आधारमा चालु वर्षमा १८ हजार १७१ जना अर्थात् ५.३३% कम पर्यटक भित्रिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा, पोखरा–जोमसोम हवाईमार्ग र मनाङ हुँदै थोरङ्लापास मार्गबाट भ...















