खनाल–वाङ वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बेइजिङमा उच्चस्तरीय वार्ता भएको छ। उक्त भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।
चिनियाँ सरकारी पत्रिका China Daily का अनुसार विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन चीन प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट क्षेत्रीय कनेक्टिभिटीको केन्द्रका रूपमा विकास गर्न चीनले निरन्तर सहयोग गर्ने उल्लेख गरे।
वार्ताका क्रममा वाङले चीनले छिमेकी कूटनीतिमा नेपाललाई विशेष महत्व दिँदै आएको उल्लेख गर्दै नेपालको नयाँ सरकारले सुशासन, स्थायित्व र विकासलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले द्विपक्षीय सहयोग संयन्त्रलाई प्रभावकारी बनाउँदै चिनियाँ लगानी र व्यापार...















