नेपालमा सक्रिय सुन चोरी गिरोहका चार पाकिस्तानी पक्राउ
काठमाडौं । नेपालका विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा दुई महिला र दुई पुरुषसहित चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वैशाख १ गते चन्द्रौटाबाट दुई महिला र वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दुई पुरुष पक्राउ परेका हुन्।
विमानस्थलबाट पक्राउ पर्नेहरू २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान हुन्। उनीहरूबाट १७,१३६ अमेरिकी डलर, साउदी रियाल ३२५, बंगलादेशी टाका १,६१५, युएई दिराम ५ र मलेसियाली रिंगेट १८५ बरामद गरिएको छ। साथै एक/एक थान इन्फिनिक्स र आइफोन १६ मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
यसअघि चैत १ गते कपिलवस्तुको चन्द्रौटास्थित सुन पसलमा चोरी गरेको आरोपमा २० वर्षीया बिबी कसलुम र ४१ वर्षीया सबाना पक्राउ परेका थिए। उनीहरूले गहना किन्ने बहानामा पसल प्रवेश गरी सुन च...















