चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा ३७ लाखभन्दा बढी भेटी सङ्कलन
गलकोट — चैतेदसैँको अवसरमा बागलुङस्थित कालिका भगवती मन्दिरमा यस वर्ष रु ३७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। कालिका गुठी व्यवस्थापन समितिका अनुसार नवरात्र अवधिभर कुल रु ३७ लाख २५ हजार ५५५ भेटी प्राप्त भएको हो। गत वर्षको तुलनामा यस वर्ष करिब रु पाँच लाखले कमी आएको जनाइएको छ। अघिल्लो वर्ष चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो।
गण्डकी प्रदेशकै प्रमुख शक्तिपीठमध्ये पर्ने ऐतिहासिक बागलुङ कालिका मन्दिरमा यस वर्ष चैतेदसैँभर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरी भेटी चढाएका थिए। समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु १ लाख १७ हजारदेखि सुरु भएर क्रमशः चैत ६ गते रु १ लाख ५३ हजार, चैत ७ गते रु ४ लाख ३८ हजार, चैत ८ गते रु १ लाख ७० हजार, चैत ९ गते रु १ लाख ७१ हजार र चैत १० गते रु ४ लाख ९२ हजार सङ्कलन भएको थियो।
त्यसैगरी चैत ११ गते रु ३ लाख, मुख्य दिन चैत १२ गते...















