एएसआई थमन बीके हत्या प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद
जनकपुरधाम। प्रहरी सहायक निरीक्षक (एएसआई) थमन बीके हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी र निलम्बित अभिराम शर्मासहित ६ जनालाई पाँच वर्ष कैद तथा तीन जनालाई जन्मकैदको सजाय सुनाइएको छ।
जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कपरलाई पाँच–पाँच वर्ष कैद सजाय सुनाएको हो।
यस्तै, यही घटनामा प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी कसुरअन्तर्गत जन्मकैदको सजाय हुने फैसला गरिएको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन्।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८१ कात्तिक ११ गते प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैदको सजाय सुनाएको थियो भने पूर्वसांसद महतो र पवन कपरला...















