अराउहोको अन्तिम गोलले उरुग्वेलाई हारबाट बचायो, साउदी अरेबियासँग १–१ को बराबरी
विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा माक्सी अराउहो को अन्तिम समयमा आएको गोलको मद्दतले उरुग्वे ले साउदी अरेबिया सँग १–१ को बराबरी खेलेको छ।
खेलको पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा साउदी अरेबियाले अग्रता लिएको थियो। कर्नरबाट आएको बलमा हसन अल ताम्बक्तीको हेडर उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेरा ले रोके पनि रिबाउन्ड बललाई अब्दुलेलाह अल अम्रीले जाली चुमाउँदै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
अग्रता लिएपछि साउदी अरेबिया ऐतिहासिक जिततर्फ उन्मुख देखिएको थियो। तर दोस्रो हाफमा उरुग्वेले आक्रामक खेल प्रस्तुत गर्यो। प्रशिक्षक मार्सेलो बिएल्सा ले रणनीतिक परिवर्तन गरेपछि टोलीको खेलमा सुधार आएको थियो।
उरुग्वेले लगातार दबाब सिर्जना गरे पनि साउदी गोलरक्षक मोहम्मद अल ओवैस ले उत्कृष्ट प्रदर्शन गर्दै धेरै अवसर विफल पारे। उनले खेलभरि नौ महत्वपूर्ण बचाउ गरेका थिए।
तर खेल सकिन १० मिनेट बाँ...















