आजको विशेष

गण्डकी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, विचार, समाचार
पोखरा । गण्डकी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेको छ । आज बसेको गण्डकी प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकता पेश गरेका हुन् । सरकारले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणलाई केन्द्रमा राख्दै नवप्रवर्तन, प्रविधिमैत्री योजना र स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रस्तुत सिद्धान्त तथा प्राथमिकतामा कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रीकरण र बजारीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उल्लेख गरिएको छ । साथै सीमान्तकृत, लोपोन्मुख तथा पछाडि पारिएका समुदाय र क्षेत्रलाई लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । त्यसैगरी स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै ‘एक पालिका : एक गन्तव्य’ तथा...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि बैठक प्रभावित बनेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य तथा विशेष समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले विपक्षी दलका प्रतिनिधिलाई बोल्न समय दिएर कार्यसूची अगाडि बढाउने प्रयास गर्नुभएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले प्रस्तुत गर्नुभएको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल जारी रहँदा पनि विपक्षी दलको नाराबाजी रोकिएन । छलफलमा सांसदहरू अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेल ले धारणा राखिरहेका बेला पनि संसद्‌मा होहल्ला जारी रहेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका ल...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक्षी दललाई होच्याउने शैलीमा बोलेको भन्दै विपक्षी सांसदहरूले संसद्‌मा चर्को विरोध जनाएका हुन्। विपक्षी दलको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल अघि बढाउने प्रयास गरेका थिए। तर, सदनमा लगातार होहल्ला भएपछि उनले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठकका क्रममा सांसद खरेलले विपक्षीको विरोधलाई “तमासा” को संज्ञा दिएका थिए। साथै विपक्षी दलकै व्यवहारका कारण सरकारले अध्यादेश ल्याउनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेपछि कांग्रेस–एमाले लगायतका विपक्षी सांसद आक्रोशित बनेका थिए। विरोधका क्रममा कांग्रेस सांसद नरेन्द्र केरूङ रोष्ट्रमतर्फ जान खोजेका थिए। त्यसक्रममा प्रमुख सचेतक वासना थापाले उनलाई फर्काएर आफ्नै सीटमा बस्न आग्रह गरे...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक आरोहण गरेसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बनेकी हुन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङसहित विभिन्न व्यक्तिहरूले भव्य स्वागत गरेका थिए । कार्यक्रममा Laxmi Sunrise Bank, CG Holdings र Shivam Cement लगायतका संस्थाहरूको उपस्थिति रहेको थियो । पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले सगरमाथा आरोहणलाई आफ्नो जीवनको ऐतिहासिक उपलब्धि भएको बताइन् । उनले सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा पहिचान बनाउन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । “मैले हाम्रो सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो परिचय बनाउन सफल भएकी छु। यसले हाम्रो समुदायक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य रूपमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन्। मोरङ क्षेत्र नम्बर–१ का सांसद न्यौपानेले संसद्मा बोल्दै अदालतले सात वर्षअघि नै यस्तो व्यवस्था गर्न आदेश दिएको भए पनि सरकारले हालसम्म कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले निर्दोष व्यक्तिले बिना कारण लामो समय जेल जीवन बिताउँदा मानसिक, सामाजिक र आर्थिक रूपमा गम्भीर असर पर्ने उल्लेख गर्दै राज्यले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने धारणा राखे।...
बर्दिबासमा तनाव : वन कार्यालयको गाडीमा आगजनी, सडक अवरुद्ध

बर्दिबासमा तनाव : वन कार्यालयको गाडीमा आगजनी, सडक अवरुद्ध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, विचार, समाचार
बर्दिबास । महोत्तरीको बर्दिबास क्षेत्रमा वन अतिक्रमण हटाउने विषयलाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीय बासिन्दाले डिभिजन वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको वन कार्यालयको टोलीमाथि स्थानीयले विरोध जनाउँदै घेराउ गरेका थिए । त्यसक्रममा वन कार्यालयको गाडीमा आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी अजयकुमार मिश्रका अनुसार गए राति करिब १२ बजेतिर घटना भएको हो । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई नियन्त्रणमा लिन खोजेपछि सुरक्षाकर्मी परिचालन गरी उनीहरुको उद्धार गरिएको थियो । राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको भन्दै खाली गराउने प्रक्रिया अघि बढाइएको थियो । सोही विषयलाई लिएर स्थानीयवासी आक्रोशित बनेका हुन् । घट...

प्रतिनिधिसभाको बैठक आज बस्दै, पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी संशोधन प्रस्तावसम्म छलफल हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल तथा निर्णय प्रक्रिया अघि बढाइनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् । त्यसैगरी, बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेय को संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति माग्ने तथा जारी गर्ने प्रक्रियामै कानुनी त्रुटि देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी गर्ने क्रममा कानुनले तोकेको विधि र प्रक्रिया पूर्ण रूपमा पालना नभएको उल्लेख गरिएको छ । सर्वोच्चले प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया नअपनाई पक्राउ अनुमति माग्ने र प्रदान गर्ने कार्य भएको देखिएकाले तत्काल पक्राउ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।...
दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश

दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध गरिएको अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेत का अनुसार सोमबार उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो । प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटल बाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिमार्फत महिलामाथि अपमानजनक टिप्पणी गरेको, सेना र प्रहरीजस्ता राज्यका निकायबारे विवादास्पद अभिव्यक्ति दिएको तथा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङ लगायतबारे विभिन्न दाबी गरेको उल्लेख गरिएको छ ...
सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने तयारीप्रति आपत्ति

सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने तयारीप्रति आपत्ति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । नेपाल बार एसोसिएसन का अध्यक्ष विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौंमा आयोजित ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा हटाएर प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश तोक्ने व्यवस्था ल्याइए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिने चेतावनी दिए। उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा हटाइए त्यसको विरोधमा कडा आन्दोलन गर्नुपर्ने अवस्था आउने समेत बताए। उनले भने, “अहिले सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने चर्चा चलिरहेको छ। यदि यो हटाइयो भने कस्तो आन्दोलन गर्ने भन्ने अर्को चिन्ता थपिनेछ।” विजयप्रसाद मिश्र ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीले रुचाएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने अभ्य...